बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा

बार्सिलोना । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० गोल अन्तरमा हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो।

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए। यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले खराब ट्रयाकल गरेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो। अधिकांश समय १० खेलाडीमा रहेको सोसिडाडले गोल गर्ने केही राम्रा अवसरसमेत खेर फाल्दा पराजित हुनुपर्‍यो।

यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ । अतिरिक्त समयमा सेभियालाई २-१ ले हराउँदै ओसासुना पनि अन्तिम चारमा प्रवेश गरेको हो । खेलको ९४ औं मिनेटमा युसेफ एन-नेसिरीले निर्णायक गोल गर्दै घरेलु टोलीलाई सेमिफाइनलमा पुर्‍याए। यसअघि निर्धारित समयसम्म दुवै टोलीले १/१ गोलको बराबरी खेलेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी