प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं। मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।

इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।

आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । 

बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने