सवारी प्रदूषण र दुर्घटना घटाउने अभियान सफल होला ?

काठमाडौं । सरकारले सवारी प्रदूषण र सवारी दुर्घटना घटाउन सक्रियता देखाउँदै सोका लागि कार्यदल नै गठन गरेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले सवारी प्रदूषण र सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य लिए पनि सो कार्य भने चुनौतीपूर्ण हुने देखिएको छ ।

नयाँ सरकार गठनसँगै सवारी प्रदूषण र सवारी दुर्घटना घटाउनेमा सरकारले सक्रियता देखाएको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वसचिव शरदचन्द्र पौडेलको नेतृत्वमा कार्यदल नै गठन गरेका छन् ।

पूर्वसचिवको नेतृत्वमा कार्यदल गठन

प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न गठित सो कार्यदलका सदस्यहरूमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा. पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य, इन्जिनियर विजय गौतम, यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि र सदस्य सचिवसमेत रहनेगरी यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सम्मिलित ७ सदस्यीय कार्यदल गठन भएको हो ।

मन्त्रालयले २६ पुसको निर्णयानुसार विभागबाट पेस भएनुसार अध्ययन प्रतिवेदन तयारीका लागि ५ सदस्यीय कार्यदल गठन भएकामा सो समितिमा उपभोक्ता र यातायात व्यवसायीका तर्फबाट समेत प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
पाल्पाकाे माथागढीमा एमालेको जित