परम्परागत प्रणालीमै ऋण प्रवाह

ऋण भन्नाले निश्चित रकम तोकिएको समयमा फिर्ता गर्नेगरी लिइएको रकमलाई बुझाउँछ । नेपालमा ऋण लिने र दिने वित्तीय संघसंस्थाहरू हजारौंको सख्यामा भए पनि आमनागरिकको पहँुच भने पुग्न सकेको देखिँदैन । देशमा बहुदलीय व्यवस्थाको थालनी भएपछि बैंक तथा वित्तीय संघसंस्थाहरूको स्थापना हुनेक्रम बढेको हो । देशभर छरिएर रहेका बैंकमध्ये सबैभन्दा अग्रणी बैंक नेपाल वाणिज्य बैंक रहेको देखिन्छ । जसको शाखा ५ सय ५२ स्थानीय तहमा पुगेको छ । जबकि नेपालमा जम्मा ७ सय ५३ स्थानीय तह रहेका छन् । अब बजाङ जिल्लाको साइपल गाँउपालिका मात्र बैंकको पहँुचबाहिर रहेको छ । वाणिज्य बैंकहरूको सेवा विस्तार ग्रामीण भेगमा पहिले आवश्यक्ता अनुरूप हुन नसक्दा नागरिकले बैंकबाट नै सेवा लिन सक्ने अवस्था पनि रहेन ।

आज पनि कतिपय मानिसमा बैंक तथा वित्तीय संस्थामा नै आर्थिक कारोबार गर्नुपर्छ भन्ने जानकारी र शिक्षा छैन । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले वयस्क जनसंख्या ७० प्रतिशतभन्दा माथि रहेको देखाएको छ । सरकारले भने वित्तीय पहँुच बढेको, वित्तीय साक्षरता बढेको भनिरहँदा राष्ट्र बैंकको वित्तीय आधार सर्वेक्षणले चाहि वयस्क जनसंख्या आर्थिक आवश्यकता पूरा गर्न साहु महाजनकामा पुग्ने गरेको तथ्य बाहिर आएको छ । त्यतिमात्र नभई साथीभाइ, परिवारमा नै निर्भर रहेको सर्वेक्षणले देखाएको छ । नागरिकलाई वित्तीय सेवाको पहँुच विस्तार गर्न देशभर बैंक तथा वित्तीय संस्थाहरूको शाखा खोल्ने भनिए पनि यथार्थमा त्यो कार्य भने कमजोर रहेको देखिन्छ ।

हजारौं सोझा नागरिकले साहु महाजनबाट चर्को मिटर ब्याजमा ऋण वा सापटी लिनुपर्ने बाध्यताको अन्त्य गर्न देशभर बैंकिङ सेवाको विस्तार गरे पनि पहुँचका हिसाबले भन्ने हो भने ज्यादै कमजोर रहेको देखाएको छ । विगतको भन्दा नेपालमा वित्तीय साक्षरता विस्तार भएको तर पर्याप्त नभएको प्रस्ट हुन्छ । वित्तीय पहुँचमा नपुगेका नागरिकलाई समेट्नका लागि प्रभावकारी रूपमा थप काम गर्नुपर्ने देखिन्छ । करिब ४६ प्रतिशत मानिसले सामूहिक समूह अथवा अनौपचारिक समूहमार्फत बचत तथा ऋण प्रगोग गरिरहेका पनि सो सर्वेक्षणले देखाएको छ । हाम्रो वित्तीय प्रणाली सीमित वर्ग र क्षेत्रका मानिसको पकडमा रहेकाले पनि अन्य नागरिकको पहुँच नपुगेको देखिन्छ ।

कतिपय मानिसमा बैंक तथा वित्तीय संस्थाहरूमा नै आर्थिक कारोबार गर्नुपर्छ भन्ने जानकारी र शिक्षा छैन

पछिल्लो समय औपचारिक शिक्षाको पहुँच विस्तार भएका कारण पनि अधिकांश मानिसमा वित्तीय ज्ञान वृद्धि भएको पाइएको छ । सर्वेक्षणले नेपालीहरूको समग्र राष्ट्रियस्तरमा हेर्ने हो भने साक्षरता ५७ दशमलव ९ प्रतिशत रहेको छ । यसका साथै वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्ति गरी तीनवटा आयामलाई समेटेर वित्तीय साक्षरताको स्तर मापन गरिएको छ । तथ्यांकनुसार वित्तीय ज्ञान ४७ दशमलव ३ प्रतिशत, वित्तीय व्यवहार ६३ दशमलव ५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२ दशमलव ९ प्रतिशत रहेको छ । वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४ दशमलव ५ प्रतिशत रहेको छ भने सबैभन्दा कमचाहिँ मधेस प्रदेशको ५२ मात्र रहेको छ ।

यसरी प्रदेशबीचमा फरक अवस्था देखिनुको कारणमा प्रदेशमा हुने गरेको वित्तीय ज्ञानमा रहेको भिन्नता नै हो । तर, वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अंक भने सातवटै प्रदेशमा लगभग एउटै रहेको सर्वेक्षणले देखाएको छ । वित्तीय सर्वेक्षणका विभिन्न सूचकमा करिव ७४ प्रतिशतले भुक्तानी उपकरण, करिब ८६ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३० प्रतिशतभन्दा बढीले बीमा सेवा र करिब ४७ प्रतिशत ऋण उपकरण प्रयोग गरेका पाइएको छ । बतच उपकरणमध्ये ७१ दशमलव ६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको दखिन्छ । यसैगरी, सबैभन्दा कम जनसंख्या प्रतिशतले लगानी कोषको प्रयोग गरेको पाइन्छ । वयस्क जनसंख्याको करिब ९ प्रतिशतले निर्जीवन बीमा उपकरण प्रयोग गरेको देखिन्छ ।

प्रतिवेदन अनुसार वयस्क जनसंख्या कम्तीमा पनि पाँच प्रकारका वित्तीय उपकरण’boutमा सचेत रहेका देखिन्छन् । कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् । यसैगरी, होटल तथा रेस्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गर्ने गरेको तथ्यांकले प्रस्ट बनाएको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षणका लागि देशभरबाट १८ वर्ष माथिका कुल ९ हजार ३ सय ६१ नागरिकलाई छनोट गरिएको थियो । यसमा व्यक्तिको छनोट गर्न बहुचरण नमुना छनोट विधिको प्रयोग गरिएको भएको थियो । आमनागरिकलाई वित्तीय ज्ञान आवश्यक हुन्छ । वित्तीय शिक्षा भएमा मात्र व्यक्तिले लगानीको जोखिम पनि उठाउन सक्छ । नाफा प्राप्त गर्न लगानीको वातावरण कस्तो छ ? भन्ने विषयमा समेत लगानीकर्ता सचेत रहन सहयोग गर्छ ।

ऋण दिनेले पनि बढी ब्याजमा दिने र लिनेले पनि विविध कारणले सो ब्याज स्वीकार गर्ने भएकाले अनेकौं समस्या आउनेगरेका छन्

आज पनि परम्परागत प्रणलीमा नै ऋण लिने र दिने परिपाटी व्यापक मात्रमा रहेको पाइनु बैंकिङ क्षेत्रको विकासका दृष्टिले हेर्ने हो भने विडम्बना नै मान्न सकिन्छ । ग्रामीण क्षेत्रमा रहेका अधिकांश मानिस आज पनि परम्परागत प्रणलीबाट ऋण लिने गर्छन् । यसका कारणमध्ये प्रमुख कारण भनेको वित्तीय प्रणाली सर्वसाधारण नागरिकको पहुँचभन्दा परको बन्नु नै हो । प्रक्रियामुखी कार्यले सामान्य नागरिकहरू बैंक तथा वित्तीय संस्थामा गएर ऋण लिनै नसक्ने अवस्थामा रहेका छन् । हरेक मानिससँग भएको वित्तीय स्रोत र साधनको प्रभावकारी र मितव्ययी रूपमा उपयोग हुनुपर्छ । वित्त भन्नाले धनमाल वा जायजेथा भन्ने बुझिन्छ । आर्थिक कारोबारसँग सम्बन्धित गतिविधि नै वित्त हो । यसअन्तर्गत विशेषगरी मुद्राको कारोबार गर्ने संघ तथा संस्थासम्म यथेष्ट पहुँच पुग्न सकेको वास्तविकता छिपेको छैन ।

हाल नेपालमा वित्तीय प्रणालीअन्तर्गत राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त विकास बैंक रहेका छन् । यसअन्तर्गत बैंकिङ कारोबार गर्ने सहकारी संस्था तथा लघुवित्तको कारोबार गर्ने सरकारी संस्थाहरू पर्छन् । वित्तीय शिक्षाले पैसाको महŒव बुझ्न सिकाउँछ भने पैसाको सही सदुपयोगबाट आर्थिक र सामाजिक सुरक्षा प्रदान गर्न तथा घरायसी आम्दानी र खर्चलाई व्यवस्थित रूपमा परिचालन गर्न सहयोग गर्छ । हरेक सचेत मानवले आफ्नो कमाइको केही भाग बचत गर्ने बानीको विकास गरेमा असहज अवस्थामा सो रकम परिचालन गरेर समस्याबाट मुक्त हुन सकिन्छ । यसैगरी, आज बेरोजगारी समस्या बढ्दो देखिन्छ । रोजगारीका लागि विदेश जानेहरूको संख्या पनि बढेको छ । यस सन्दर्भमा उनीहरूले पठाएको रकमलाई उत्पादनमुखी कार्यमा लगाउन तथा समुचित रूपले प्रयोग गर्न पनि वित्तीय ज्ञानको आवश्यकता हुन्छ ।

परम्परागत रूपमा ऋण लिँदा अनेकौं समस्या आउने भएकाले सकेसम्म सबैले बैंक तथा वित्तीय संघसंस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ । अर्काे सन्दर्भमा भन्ने हो भने व्यक्तिसँग लिएको ऋणको मिटर ब्याजका कारण सयौं नागरिक ठगिएको अवस्था छ । अनौपचारिक निकायमा बचत गर्नु भनेको साहु, महाजन, साथीभाइ, घर, गरगहना आदि भएकाले यस्ताभन्दा औपचारिक संस्थाहरू बैंकबाट कारोबार गर्दा बढी सुरक्षित भइन्छ । ऋण दिनेले पनि बढी ब्याजमा दिने र लिनेले पनि विविध कारणले सो ब्याज स्वीकार गर्ने भएकाले अनेकौं समस्या आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली