नयाँ वर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै अभिनेता दयाहाङ राईका चलचित्रहरू प्रदर्शनमा आइरहेका छन् । यसैक्रममा आगामी नयाँ वर्षको अवसर पारेर उनले अभिनय गरेको नयाँ चलचित्र ‘बिहे पास’ रिलिज हुने भएको छ ।

‘बिहे पास’ एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा यी दुईसँगै बुद्धि तामाङ, शिशिर बाङ्देल र रवीन्द्र झा रहेका छन् । निर्माण पक्षले बिहे पासलाई नयाँ वर्ष २०८० को कोसेलीस्वरूप दर्शकमाझ पस्कन लागेको बताएको छ ।

यस चलचित्रको बिहीबार वसन्त पञ्चमीको अवसर पारेर फस्ट लुक्स सार्वजनिक गरिएको छ । यस चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

चलचित्र ‘बिहे पास’लाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । यसलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन यसका सहनिर्माता हुन् ।

चलचित्रमा शिव ढकालको छायांकन, प्रवेश मल्लिकको संगीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी र मित्र गुरुङको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’