बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टाचारलाई जडै देखि उखालेर फाल्ने बताएका हुन् ।
“भ्रष्टाचारकै कारण मधेश प्रदेशको सोचे अनुरूप विकास हुन नसकेको उनकाे भनाइ थियाे । भ्रष्टाचारको अखाडा बन्दै गएकोले अख्तियारमा पनि भ्रष्टाचारको फाइलको चाप बढेकाेउनले बताए ।
स्थानीयको जनगुनासोप्रति मधेश प्रदेश गम्भीर रहेको मुख्यमन्त्रीले यादवले बताए । मधेशमा सरकार मातहतका निकाय, विकास निर्माण र जनताका काममा हुने गरेका ढिलासुस्ती मान्य नहुने मुख्यमन्त्री यादवकाे भनाइ थियाे ।
भ्रष्टाचारको अनुगमन गर्न ५ सदस्य कमिटि बनाएको समेत उनले बताए । सो कमिटिले अनुसन्धानको काम गर्ने भन्दै उनले दोषी पाईएका भ्रष्ट कर्मचारीलाई कडा कार्वाही गरिने धारणा राखे ।
विकास निर्माणमा हुने ढिलासुस्तीकाे समाधान गर्न खरिद ऐनमै सुधारको काम गर्ने प्रकृया अघि बढेको मुख्यमन्त्री यादवले बताए । अहिले ऐनमा पैसामा कम हुँदा सम्झौता हुँदै आएको छ । तर अव संशोधन हुने ऐन तथा नियमावलिमा पैसासँगै समय घटीबढीका आधारमा ठेक्का दिने प्रावधान गरिने उनले बताए ।
उनले मधेश सरकारले संघ तथा स्थानिय सरकारसँगै मिलेर विकासका काम गर्ने बताए । विकास निर्माणलाई प्रभावारी समानान्तर ढंगले अगाडी बढाईने बताउँदै मुख्यमन्त्री यादवले पूर्वपश्चिम हुलाकी मार्गले छोएका सदरमुकामबाटै कामको थालने गर्ने बताए ।
कलैया नगरपालिकाले राष्टिय योजना आयोगको समपुरक बजेट रकम ५ करोड ६० लाख ९५ हजार३८८ रुपैँयाको लागतमा उपमहानगरपालिकोको वडा नं.१ स्थीत पन्नाबागमा रामजानकी मन्दिरले प्रदान गरेको १३ कठ्ठा जमिनमा सुविधा सम्पन्न नगरसभा गृह निर्माण गर्न लागेको हो । साहु कन्स्टक्सन रौतहटले आगामी जेष्ठ सम्ममा निर्माण प्रथम चारणको काम सम्पन्न गर्ने जिम्मा पाएको बताईएको छ ।
नगर प्रमुख विनोद साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बारा क्षेत्र नं.१का सभासद अच्युत मैनाली, क्षेत्र नं.४ का कृष्ण कुमार श्रेष्ठ,संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य मोहम्द समिर, नागरिक समाजका अध्यक्ष उमेशलाल दाश, रामबाबु यादव, पारस साह, लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत नाथु साहले गरेका थिए भने संचालन नुरोतम अधिकारीले गरेका थिए ।