विविध कार्यक्रमसहित मनाइयो भारतको ७४औं गणतन्त्र दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भारतको ७४आंै गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । लैनचोरस्थित दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन वाचन गरेका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै भारतकी राष्ट्रपति मुर्मुले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीको सर्वोदय तथा सबैको उत्थानको आर्दशलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको प्रगति उत्साहजनक रहेको बताइन् । उनले जी–२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन सुनौलो अवसर भएको स्पष्ट पारिन् ।

नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीलाई राजदूत श्रीवास्तवलगायत दूतावासका अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरू, सचिवहरू, नेपालका संवैधानिक निकायका पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेता, उद्यमी व्यापारी, सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरू तथा उच्च पदस्थ व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृति केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीले देशभक्तिपूर्ण गीतका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

४ करोड ६० लाख प्रदान
सो कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीको सम्मानमा उनीहरूका परिवारलाई ४ करोड ६० लाख रुपैयाँ नगद र कम्बल वितरण गरी सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न शैक्षिक संस्थालगायत २३ संस्थालाई १६ लाख रुपैयाँ बराबरको पुस्तक उपहारस्वरूप वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा रंगशालामा गुञ्जिए अमृत