बारा । बाराको समग्र विकास गर्न मटिअर्वा भन्सार आवश्यक रहेको कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साहले बताएकी छिन् । नेपाल भारत मैत्री संघ मधेश प्रदेशले ७४ औ गणतन्त्र दिवको अवसरमा प्रदेशिक अस्पताल कलैयामा शनिवार आयोजित नवजात शिशुलाई कपडा तथा फलफुल वितरण कार्यक्रममा बोल्दै मन्त्री शाहले मटिअर्वा भन्सार सुचारु गर्न आवश्यक रहेको बताएकी हुन् ।
नेपाल र भारतसँग सिधै पुलको रुपमा जोडने मटिअर्वा भन्सारलाई आफुले पहल गरि यथास्रिघ सुचारु गराउने कृषि मन्त्री साहले बताईन । मटिअर्वा भन्सार सुचारु नहुँदा सरकारको लाखौ राजस्व समेत गुम्दै आएको उनको भनाई थियो ।
व्यापारिक केन्द्रको हिसावले भारतको मोतिहारी देखि राजधानी काठमाण्डौ सम्म मअिअर्वा नाका सिधै जोडिने भएकोले पनि अधुरो मटिअर्वा मानवत रोडको निर्माणमा आफुले चासो दिएको मन्त्री साहले बताईन । कलैया उपमहानगरपालिकाको सहकार्यमा ठेकदारसँग समन्वय गरि अधुरो निर्माण प्रक्रिया चाडै पुरा गरिने उनको भनाई थियो ।
सदियो देखि चल्दै आएको रोटी बेटीको सम्बन्धलाई नेपाल भारत मैत्री सँघले जोडने कार्य सराहनिय रहेको मन्त्री साहले बताईन । नेपाल भारत मैत्री सँघ मधेश प्रदेशका अध्यक्ष रणधिर सिहले भारतको ७४ औ गणतन्त्र दिवसको अवसरमा प्रादेशिक अस्पतालमा जन्मेका नवजात शिशुलाई न्यानो कपडा तथा गर्भवती महिलालाई फलफुल वितरण गरिएको बताए ।
नेपाल भर ७२ जिल्लामा नेपाल भारत मैत्री सँघले आफनो शाखा विस्तार गरि दुई देशको पारस्पर समबन्धलाई जोगाउदै आएको सिंहको भनाई थियो ।
नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधिर सिहको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री सँघ मधेश प्रदेशका उपाध्यक्ष निर्मल खत्री, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रदेशिक अस्पाल कलैयाका अध्यक्ष प्रकाश चौगाई, प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा सुनिल जैयसवालको सहभागिता थियो ।
त्यस्तै नेपाल भारत मैत्री सँघका पुर्व केन्द्रिय अध्यक्ष राजकुमार सिन्धी, केन्द्रिय सदस्य अनवर आलम अंसारी, नेपाल भारत मैत्री सँघका भरत बहादुर मल्ल, जङ्गबहादुर यादव, देवेन्द्र गिरी, सत्यनारायण कुशवाहाको सहभागिता थियो ।