धनकुटा महोत्सबमा झडप हुँदा भिडमा च्यापिएर ३ दर्जन बढि घाइते 

धनकुटा । धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन् । घाइते भएका मध्ये अधिकांशको  जिल्ला अस्पताल धनकुटामा उपचार  सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन् । अहिले सम्म महोत्समबमा भएको घटनामा कर्सैको पनि मृत्यु भएको सुचना नआएको प्रहरीले जनाएको छ। च्यापिएर  ३ जना भन्दा बढि गम्भिर घाइते भएको सूचना आएको छ  । 

जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विबरण आइनसकेको बताइन् । उनले दर्जन बढि घाइते भएको भन्ने सुचना आएको बताइन् । 

सांगितिक कार्यक्रममम सकिएपछि हाउजी खेलमा भने निशुल्क रुपमा प्रवेश पाउने आशमा कार्यक्रम स्थालको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो । भिड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको प्रत्यक्ष दर्शीले बताएका छन् । धनकुटा महोत्सबको आजको कार्यक्रममा गायक प्रमोद खरेल आउने कार्यक्रम थियो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा