कपिलवस्तु । शिवराज नगरपालिका–५ की डिल्ली बुढा मगर पतिको मृत्युपछि जग्गा नामसारीका लागि मालपोत कार्यालय पुगिन् ।
पतिको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्न गएकी डिल्ली आफू बास्दै आएको चारकोठे पक्की घर र सँगैको दुई कठ्ठा क्षेत्रफल भएको सबै जग्गा ‘अपरिचित व्यक्ती’को नाममा देखिएपछि अक्कवक्क भइन् । कसरी घरसम्म पुगिन् ? त्योसमेत उनले भेउ पाइनन् ।
केही दिनपछि सो जग्गा ‘कसको नाममा रहेछ ?’ भनेर छोरालाई मालपोत कार्यालय चन्द्रौटा बुझ्न पठाउ“दा रुपेन्द्रप्रसाद आचार्यको नाममा रहेको खुल्यो । यसपछि उनले आचार्यलाई खोज्न सुरु गरिन् ।
सोही नगरपालिका–५ खैरीमा ‘हरियाली आचार्य होटेल’ सञ्चालक रहेका आचार्यसँग भेट भएपछि पति देउमन बुढाले पैसा लिएको थाहा पाइन् । तर, आचार्यले ‘कति रकम लिएका थिए ?’ भन्ने नबताएर ‘पतिको बैंक स्टेटमेन्ट हेर्न’ पठाए ।
देउमनको गरिमा विकास बैंकमा रहेको खाता २० मंसिर २०७७ मा रुपेन्द्रको नामबाट ६ लाख ५० हजार रकम जम्मा भएको देखियो । खाताबाट पाँच दिनपछि ६ लाख चेकमार्फत निकालिएको पाइयो ।
रुपेन्द्रले देउमनको नाममा रहेको शिवपुर (९) ‘ख’ कित्ता नम्बर १६ (एक कठ्ठा चार घुर) र कित्ता नम्बर १०९६ (१६ धुर) जग्गा २ लाख ५० हजार रुपैया“मा २०७६ सालमा घरखर्चबापत बिक्री गरिएको राजीनामा पत्रले देखाएको छ ।
सो क्षेत्रमा ३० लाख कठ्ठामा जग्गा कारोबार हुँदै आएको छ । डिल्लीले देउमनका साथी प्रकाश रोक्का मगरसँग सोधपुछ गर्दा सो रकम रुपेन्द्रसँग लिएको थाहा पाइन् । जग्गा नामसारी गराएका रुपेन्द्रसँग देउमनको नाममा रहेको गरिमा विकास बैंकको साधा चेकसमेत रहेको डिल्लीले बताइन् । देउमनको हस्ताक्षर रहेको साधा चेक रुपेन्द्रसँग भएको हुँदा सो रकम निकालिएकोसमेत शंकास्पद देखिन्छ ।
गत साउनमा प्रकाशको मृत्यु भएपछि रुपेन्द्रले १२ लाख रुपैया“को चेक देखाउ“दै असारसम्म भाका रहेकाले २० लाख दिए जग्गा पास गर्ने बताएको डिल्लीले बताइन् । बाख्रा पालेर जीविकोपार्जन गर्दै आएकी डिल्ली आर्थिक अवस्था कमजोर भएका कारण रकम तिर्न नसक्ने अवस्थामा छिन् । सामान्य लेखपढ गर्न जानेका देउमनलाई ‘दृष्टिबन्धक गराउने’ भनी लगेको मृत्युअघि प्रकाशले बताएका थिए ।
मिटर ब्याजीको जालोमा कपिलवस्तु शिवराज नगरपालिकामा आतंक नै मच्चिएको छ । यी घटना पछिल्ला समय बाहिरसमेत आउन थालेका छन् ।
मिटरब्याजी शैली
शिवराज नगरपालिका बजार आसपासमै दर्जनौं मिटरब्याजी रहेको स्रोत बताउँछ । मिटरब्याजीले तमसुक नबनाई दोब्बर रकमको एउटा चेक र दुईवटा हस्ताक्षर भएको सदा चेक लिनेगरेको पीडितको भनाइ छ । जग्गा पास गराउने र हस्ताक्षर गरिएका खाली चेक उनीहरूसँग हुने हुँदा प्रशासनमा जाँदा धम्की दिने एक पीडितले बताए ।
चन्द्रौटा बजारमै इलेक्टोनिक पसल सञ्चालन गर्दै आएका एक व्यापारीले १४ महिनामा ४ लाखको ब्याज मात्रै ४ लाख ६ हजार रुपेन्द्रलाई नगद बुझाएको बताए । ‘ब्याज कम गरिदिन’ आग्रह गरे पनि रुपेन्द्रले ‘तत्काल पैसा तिर्न’ दबाब दिएको उनीस“ग ‘फोनकल’ रेकर्ड नै छ ।
बजारमै बिगबिगी
नगरपालिकाभित्र मिटरब्याजीको जालो नै रहेको स्थानीय व्यापारी बताउ“छन् । स्थानीयका अनुसार चन्द्रौटा बजारमा हार्डवेयर पसल गर्ने तीन, खाद्यान्न पसल गर्ने एक, लक्ष्मी टोलमा मदिरा पसल गर्ने एक र खरेन्द्रपुरका एक जनाले मिटरब्याजमा कारोबार गर्दै आएको स्थानीयको दाबी छ ।
रुपेन्द्रको सवालमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ठगी मुद्दा दायर भएपछि स्थानीय नेता घटना मिलाउन चलखेलतिर लागेका छन् । घटना मिलाउन स्थानीय नेताले पीडित पक्षलाई पटकपटक दबाब दिएका छन् । आफूहरूलाई ‘ब्याज कम गरिदिने’ लोभ देखाएर मिलाउने प्रलोभनसमेत देखाएको पीडितले बताए ।
के हो मिटरब्याज ?
मिटर घुमेजस्तै ब्याज रकम फनफनी घुमेर जोडिने रकम हो, मिटरब्याज । लिएको वा दिएको रकमको चर्को ब्याट जोडि“दै जान्छ अनि छोटो अवधिमै साँवाभन्दा ब्याज बढी हुन्छ ।
चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज थप्दै जाने अनि त्यसैका कारण ऋणीलाई शारीरिक र मानसिक यातना दिई आत्महत्या गर्न र घरबारविहीन हुन बाध्य हुने अवस्था मिटरब्याजले बनाएको छ ।