शहीद र प्रजातन्त्र

प्रत्येक वर्ष शहीद दिवस मनाउँदा प्रजातन्त्रको कुरा जोडिएर आउँछ । १९९७ साल माघको यही साता देशका चार जना सपूतलाई प्रजातन्त्र मागेको आरोपमा तत्कालीन राणाले काठमाडौंका विभिन्न स्थानमा गोली हानेर तथा झुन्ड्याएर हत्या गरेका थिए । त्यसको १० वर्षमा राणाको शासन ढल्यो र सँगसँगै सामन्तवाद पनि ओरालो लाग्यो नेपालको सन्दर्भमा आन्दोलन र संघर्षको अर्थात् बलिदानको इतिहास कायम भइसकेको हो कि अझै पनि यस्ता आन्दोलन र बलिदानको आवश्यकता छ भन्ने कुरा भने अनिश्चित रहेको छ । । तर, नेपाली जनताले संस्थागतरूपले लोकतन्त्रको पूर्ण प्राप्ति गर्न धेरै वर्ष कुर्नुप¥यो । समयअनुसार लोकतन्त्र या प्रजातन्त्रको परिभाषा पनि बदलिने रहेछ भन्ने कुराका लागि नेपाल गतिलो उदाहरण हो । कम्युनिष्ट र गणतन्त्रवादीले २००७ सालमा नै राजतन्त्रको अन्त्यको कुरा गरेका भए पनि त्यतिबेलाको आन्दोलनको मुख्य शक्ति नेपाली कांग्रेस र सम्भवतः त्यतिबेलाका अर्धसामाजिक आधारसमेत गणतन्त्रका पक्षमा थिएनन् । वैधानिक राजतन्त्र शहीदको वेस्टमिनिस्टर प्रणालीलाई नै त्यतिबेला प्रजातन्त्र मानिएको थियो । तर, २०१७ सालमा राजा महेन्द्रले कु गरेर शक्ति हत्याएपछि देशमा गणतन्त्रवादी विचारमा तीव्र विस्तार भएको पाइन्छ ।

अर्थात् अब वैधानिक राजतन्त्रवादीसँगै गणतन्त्रवादीको आवाज पनि शक्तिशाली भएर आयो, जसका लागि अनेक आन्दोलन र बलिदान भए । यसैगरी, २०४७ सम्म पनि वैधानिक राजतन्त्र र संसदीय प्रणाली बोक्ने विचारको प्रभुत्व स्थापित थियो, जसले गर्दा २०४७ को संविधान निर्माण गर्दा राजासँग शक्ति बाँडफाँड गर्न दल सहमत भए । तर, २०५२ मा थालिएको माओवादी सशस्त्र विद्रोहले समाजको सामन्ती अवशेषलाई जरैदेखि हल्लाइदियो । परिणामतः ज्ञ२०६२ सम्म आइपुग्दा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदीय शक्ति पनि गणतन्त्रको पक्षमा उभिए । यसरी नेपालले अनेक चरणमा लोकतान्त्रिक आन्दोलन ग¥यो र यस व्रmममा हजारौँले बलिदान दिए । २०६२÷०६३ को आन्दोलनको परिणामले पनि अझै समाजका भित्री तहमा रहेका सीमान्तकृतका आवाज नसुनेको अनुभव गरेका मधेसवादीले अर्को चरणको आन्दोलन गरे, जसमा दर्जनौंको ज्यान गयो । अर्थात् शहीदको चाङ लगाएर अहिलेको गणतन्त्र प्राप्त भएको हो । अझै पनि देशमा सीमान्तकृतको आवाज सुनिन बाँकी छ, वर्गीय शोषणबाट पार पाउन बाँकी छ, जसका लागि अर्को आन्दोलनको आवश्यकता त होइन बाध्यता पर्न सक्छ । कमसेकम अहिले शहीद दिवस मनाइरहँदा राजनीतिक दलहरूले शहीदको बलिदानलाई बुझेर गरेको खण्डमा मात्रै हामीले शहीदहरूप्रति गरेको सच्चा सम्मान गरेको ठहर्नेछ ।

समयअनुसार लोकतन्त्र या प्रजातन्त्रको परिभाषा पनि बदलिने रहेछ भन्ने कुराका लागि नेपाल गतिलो उदाहरण हो

मुलुकमा आर्थिक विषमताले बर्बादिएको, अन्ध र असामयिक परम्पराले झुरिएको समाजमा शहीद र निष्ठावान् कार्यकर्ताको महŒव लुकाइन्छ, शोषित र पीडित जनता पाखा लगाइन्छन्, निम्न वर्गहरू उपेक्षितको उपेक्षितै राखिन्छन् । यस्तो स्थितिअन्तर्गत बहुजन हिताय–सुखायको समाज, अखण्डित, सग्लो देश, सबल, सुदृढ र सुरक्षित राष्ट्र, एवं शहीदी आकांक्षाअनुरूपको प्रजातन्त्रको निर्माण गर्नुपरेको छ । तर, जे भए पनि आप्mनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात व्यक्तिको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्बन गर्न सकिएन भने ती महान् सपूतको श्रद्धा हुनुको सट्टा घोर अपमान हुनेछ । शहीद दिवसको यस क्षणमा नेपाली मात्रले श्रद्धा र अपमानको गाम्भीर्यलाई बुभ्mन मात्र सकेमा अमर आत्माले शान्ति प्राप्त गर्नेछ । नेपाली जनताले गरेका अनेक आन्दोलन र संघर्षको लामो शृंखलाले मात्रै यस्तो गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको हो । यस्ता आन्दोलन र संघर्षका क्रममा नेपाली जनताका वीर, वीरांगना सन्तानले बलिदानको लामो परम्परा कायम गरेका छन्, जसको आरम्भ तिनै चार जना शहीद ः गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले गरेका थिए । यसरी एउटा देशले एउटा व्यवस्था (तत्कालीन अवस्थामा सामन्ती शासन व्यवस्था)बाट अर्को व्यवस्थामा (हाम्रो सन्दर्भमा पुँजीवादी व्यवस्थामा) फड्को मार्न भएका आन्दोलन हिंसात्मक दमन र प्रतिरोधका बाटोबाट गुज्रने परम्परा नै छ । अर्थात् शहीदले बलिदान नदिई व्यवस्था परिवर्तन हुन सक्दैन भन्ने सत्यलाई नेपालको जनक्रान्तिको इतिहासले पनि पुष्टि गरेको छ । यस सन्दर्भमा ती चार जनालगायत सबै ज्ञात–अज्ञात शहीदमा हाम्रो श्रद्धाञ्जली ।

मरेर गए पनि जनमानसमा बाँचिरहने सपूतमध्ये हाम्रा प्रातःस्मरणीय शहीदहरू पनि हुन्

सुनौलो इतिहासका पानाहरूमा हराएका विश्वमा नै अनगिन्ती यस्ता व्यक्तिहरू छन् जसलाई मरणोपूर्वाद्र्धमा लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रघाती आदि भनिने गरिन्छ । तर, तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई शहीद शब्दले पुजिन्छ । यसरी ती वीर शहीदहरू धेरै इतिहासका पानाहरूका सुनौला अक्षरले कँुदिएका छन् । इतिहासकारले यस्ता महान् व्यक्तिको अनुसन्धान तथा खोजखबर गर्दै आएका छन् । यसको तात्पर्य के हो भोलिका भावी सन्ततिले यही मार्ग अवलम्बन गर्नुपर्ने हुन जान्छ । शहीदहरू पूजनीय एवं सबैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सबै क्षेत्रका जनता तथा राजनीतिज्ञको संयुक्त जिम्मेवारी हुन आउँछ । वास्तविक भावनालाई बुझेर यदाकदा रुमलियएका शहीदको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सबैको कर्तव्य हुन आउँछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरूपमा कदर गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ ।

समग्रमा भन्नुपर्दा शहीदले आफ्नो जीवन प्रजातन्त्र प्राप्त गर्न मात्र नगुमाएर प्रजातान्त्रिक मार्गदर्शन मात्र पहिल्याइदिएका हुन् शहीदहरू पूजनीय एवं सबैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु, सबै क्षेत्रका जनता तथा राजनीतिज्ञको संयुक्त जिम्मेवारी हुन आउँछ । वास्तविक भावनालाई बुझेर यदाकदा रुमलियएका शहीदको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सबैको कर्तव्य हुन आउँछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरूपमा कदर गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइअनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ । मानिस बाँच्नका लागि जन्मन्छ र जन्मनका लागि मर्दछ । तर, समाजमा यस्ता पनि मानिस हुन्छन् जो बाँचिरहनका लागि मर्दछन् । यसरी मरेर गए पनि जनमानसमा बाँचिरहने सपूतमध्ये हाम्रा प्रातःस्मरणीय शहीद पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता