जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्नमा आइतबार भएको फाइनल खेलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । ३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३, ७–६ र ७–५ को जित निकालेका छन् ।

योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । जोकोभिचको यो समग्रमा भने २२ औं ग्रान्डस्लाम उपाधि हो । जोकोभिचले सर्वाधिक धेरै २२ ग्रान्डस्लाम जित्ने स्पेनिस खेलाडी रफायल नदालको कीर्तिमानमा समेत बराबरी गरेका छन् ।अष्ट्रेलियन ओपनको यो संस्करणमा भने नदाल दोस्रो चरणमै बाहिरिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी