पशुपतिप्रसाद २ मा वर्षासँग स्वस्तिमा

काठमाडौं । चलचित्र पशुपतिप्रसाद दर्शकबीच आएको सात वर्षपछि नयाँ चलचित्र ‘पशुपति प्रसाद २– भस्मे डन’ बन्ने भएको छ । पशुपतिप्रसादको सिक्वेलका रूपमा यो चलचित्र निर्माण हुन लागेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् ।

पशुपति प्रसादमा भस्मे डन खल चरित्रमा थिए । यो सिक्वेल चलचित्रमा भने उनी मुख्य भूमिकामा हुनेछन् । पशुपति प्रसादको कथा जहाँबाट समापन हुन्छ भस्मे डनको कथा त्यहीँबाट सुरु हुने पनि यसका निर्देशक खनालले बताएका छन् । पशुपतिप्रसादका मुख्य अभिनेता खगेन्द्र लामिछाने यो सिक्वेल चलचित्रमा निर्माताका रूपमा हुनेछन् । आपूm यो चलचित्रमा चरित्रमा हुने कि नहुने भन्ने’bout खगेन्द्रले खुलासा गरेका छैनन् ।

पशुपतिप्रसादका कलाकार विपिन कार्की, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाललगायतका कलाकार मुख्य भूमिकामा हुन्छन नै । यो दोस्रो शृंखलामा सौगात मल्ल, स्वस्तिमा खड्का पनि जोडिएका छन् ।

यो चलचित्र आगामी दसैंको फुलपातिमा रिलिज हुने भएको छ । पशुपति प्रसादका नायक खगेन्द्र लामिछानेले पशुपति प्रसाद २ भस्मे डन निर्माण गर्दै छन् । यो फिल्मको निर्देशन दीपेन्द्र के खनाल आफैंंले गर्ने भएका छन् ।

‘पशुपतिप्रसाद सफल भएपछि यसको दोस्रो भाग कहिले आउँछ भनेर दर्शकले बारम्बार प्रश्न गरेपछि हामीले सात वर्ष लगाएर यसको स्क्रिप्ट तयार ग¥यौं । त्यसपछि बल्ल चलचित्रको छायांकनको तयारीमा उत्रन लागेका हौं,’ निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले पत्रकार भेटघाटका क्रममा बताए ।

चलचित्रमा आपूm जोडिनुको कारण’bout अभिनेत्री स्वस्तिमाले भनिन्, ‘म फिल्ममा सुरुदेखि अन्त्यसम्म नहुन सक्छु । तर, जति भूमिकामा छु, त्यो निकै राम्रो भएकाले म यो चलचित्रमा जोडिएकी हुँ ।’ पशुपतिप्रसाद एउटा सफल ब्रान्ड भएकाले पनि यसको सिक्वेल भस्मे डन खेल्न आपूmलाई लोभ लागेको उनले प्रस्ट्याएकी छन् ।

निर्देशक खनालले यो चलचित्रको आगामी फागुन मध्यदेखि छायांंकन सुरु गरिने बताएका छन् । फिल्ममा यसपटक विपिन कार्की पुन भस्मे डनकै रूपमा मुख्य भूमिकामा हुने र उनकै सेरोफेरोमा कथा अघि बढ्ने बताएका छन् ।

पशुपतिप्रसादमा बोल्न नसक्ने चरित्रमा रहेकी वर्षा शिवाकोटी केही फरक भूमिकामा हुने बताइएको छ । यस्तै, पशुपतिप्रसादभरि हनुमानको मुखौटा लगाएर चलचित्रमा उत्रिएका रवीन्द्र सिंह बानियाले त्यसपछि भोग्नुपरेका समस्यालाई पनि यो सिक्वेलमा देखाइने भएको छ ।

यो चलचित्र टुकी आर्ट्स प्रालिको ब्यानरमा निर्माण हुनेछ । टुकी आर्ट्सले यसअघि पशुपति प्रसादसहित ‘धनपति’ र ‘पानीफोटो’जस्ता चलचित्र निर्माण गरिसकेको छ ।

यो चलचित्र कृष्ण भारद्वाज र सुवास भुषालको संगीत, निरज कँडेलको डिओपी, कृष्णबहादुर थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, र दीर्घ खड्काको सम्पादन रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मदनदास श्रेष्ठ, बालेन शाह र सुनिता डंगाेलले काठमाडाैंकाे मेयरमा उम्मेद्वारी दिने