बाबुले पेट्रोल छर्किएर आगो लगाइदिँदा २ वर्षे छोराको मृत्यु, आमा घाइते

काठमाडौँ । बाँकेमा पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षीय बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइ दिएका थिए ।

आमा छोरालाई स्थानीयले उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

उपचारकै क्रममा रहेकी घाइते गङ्गाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । घटनापछि फरार रहेका बिकलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

आपसी मनमुटाबमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी