प्रेमकाे नाटक गरेर महिलाकाे अश्लिल भिडियाे बनाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार  पिडकले  सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरेर  शारीरिक सम्बन्ध राखेका थिए । त्यसपछि अश्लील फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर अनावश्यक दु:ख, हैरानी दिएकाे प्रहरीकाे भनाइ छ । समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेकाले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनी माथी विद्युतीय कारोवार ऐन, २०६३  अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
पूर्व पत्रकार बाजुराको नगरप्रमुख र उपप्रमुख निर्वाचित