अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको नेपाल भ्रमण किन ?

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् ।

राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्यान्डले सोमबार नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता सकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री बिमला राई पौड्यालसँग भेतवार्ता गरिन् ।

उनले दुई देशबीचको सम्बन्ध र सहकार्यमा उनी केन्द्रित भइन् । उनले प्रधानमन्त्रीसँगको भेटमा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने र विश्वराजनीतिक विषयमा साथ दिनुपर्नेमा जोड दिइन् ।

साथै, नेपालको भूराजनीतिक क्षेत्रिय चासो’bout प्रधानमन्त्री प्रचण्डसँग चासो राखेकी छन् । नेपालमा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसकेकामा समेत उनले चासो राखेकी छन् ।

झन्डै तीन दशक लामो कूटनीतिक अनुभव सँगालेकी अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डले अमेरिकाका तीनवटा राष्ट्रपतिसँग काम गरिसकेकी छन् । गत वर्ष मात्र झन्डै ६० अर्बबराबरको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत सहयोग निरन्तर अघि बढाउने उनले बताएकी छन् ।

लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट पारित एमसीसीअन्तर्गतका विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी परियोजनाको निर्माण आगामी अगस्ट महिनाबाट थालिने अधिकारीहरूले बताइरहेका छन् ।

माओवादीसहितका दलहरूले व्याख्यात्मक टिप्पणी गरेर मात्रै एमसीसी अनुदान संसद्बाट अनुमोदन गरेपछि अहिलेको नयाँ सरकारले सो परियोजनाको विषयमा कसरी हेरिरहेको छ ? भनेर बुझ्न पनि उनी नेपाल आएकी हुन् ।

एमसीसीको विषयलाई लिएर चीन र अमेरिकाबीच आरोप प्रत्यारोपसमेत भएको थियो । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएसँगै यो कार्यान्वयनको चरणमा गइरहेका बेला उपविदेशमन्त्री न्युल्यान्डले छिमेकी मुलुक चीनले नेपालमा लागू गर्न लागेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई संकेत गर्दै सोमबार पत्रकार सम्मेलनमा उनले छिमेकी मुलुकसँग आर्थिक सहकार्य गर्दा महत्वपूर्ण पक्षका रूपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

‘छिमेकीसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । नेपालले सबै आफ्ना छिमेकीसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं,’ उपविदेशमन्त्री न्युल्यान्डले पत्रकार सम्मेलनमा भनिन् ।

उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्ने’bout धारणा नराख्ने बताइन् । ‘त्यसैले एउटा वा अर्को’bout भन्ने होइन, यो भनेको नेपालको आफ्नो लोकतन्त्र र समृद्धिका लागि हो,’ उनले भनिन्, ‘धेरै मौकाहरू छन् । तर, हामी जहाँ जे गरिरहेका छौं, तपाईं (नेपाल) का जनता र अमेरिकी जनतालाई फाइदा होस् तथा दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस् भन्ने उद्देश्य हो ।’

न्युल्यान्डले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधलाई रोक्न नयाँ प्रविधिमा सहयोगलाई आगामी दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाइन् ।

कूटनीतिक क्षेत्रमा लामो अनुभव रहेकी उनले २०२१ अप्रिलमा राजनीतिक मामिलाका लागि राज्यका उपसचिवको रूपमा शपथ लिएकी थिइन् । यसअघि उनी वासिंगटन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीतिक फर्म अलब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ सल्लाहकार थिइन् ।

उनी ब्रुकिंग्स इन्स्टिच्युसनमा गैरआवासीय वरिष्ठ फेलो, येल विश्वविद्यालयमा भव्य रणनीतिमा प्रतिष्ठित अभ्यासकर्ता र लोकतन्त्रका लागि नेसनल एन्डोमेन्ट बोर्डको सदस्य पनि थिइन् ।

३३ वर्षसम्म अमेरिकी कूटनीतिज्ञ, राजदूत नुल्यान्डले राष्ट्रपति ओबामा र सचिव केरीको नेतृत्वमा २०१३ सेप्टेम्बरदेखि २०१७ जनवरीसम्म युरोपेली र युरेसियन मामिलाका लागि सहायक सचिवका रूपमा सेवा गरिन् ।

उनी सेक्रेटरी हिलारी क्लिन्टनको कार्यकालमा स्टेट डिपार्टमेन्टको प्रवक्ता र राष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकाल २००५–२००८ मा नाटोका लागि अमेरिकी राजदूत थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी