गृह मन्त्रालयले प्रधानमन्त्री दाहाल तनावमा

काठमाडौं । गृह मन्त्रालयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टीका नेताले गृह मन्त्रालय माओवादीले नै राख्नुपर्ने दबाब दिएका छन् ।

माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय पार्टीले नै राख्नुपर्ने दबाबसहितको सुझाव दिएका छन् ।

उता, सत्तारूढ गठबन्धनका नेताले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई दिनुपर्ने दबाब दिएका छन् । पुनः नेपाली नागरिकता पाए पनि रास्वपा अध्यक्ष लामिछानेको दोहोरो राहदानी विवादमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रास्वपाले गृह मन्त्रालय आफूहरूले नपाए सरकारबाट बाहिरिने समेतको चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत गृह मन्त्रालय लामिछानेलाई नै दिनुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

माओवादी बैठक

माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार सत्तारूढ दलले गृह छोड्न नमान्ने र आफ्नै दल माओवादीले दिनै नहुने पक्षमा दबाब दिएपछि प्रधानमन्त्री प्रचण्डलाई तनाव भएको छ । दुवै पक्षको दबाबपछि प्रधानमन्त्री प्रचण्ड केही समय गृह मन्त्रालय आफैंले राख्ने निष्कर्षमा पुगेका छन् ।

सत्तारूढ गठबन्धन र सरकार जोगाउने नाममा गैरसांसदलाई मन्त्री बनाउन नहुने सुझाव माओवादी केन्द्रका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् । पदाधिकारी बैठकमा गृह मन्त्रालय माओवादी केन्द्रले नै राख्नुपर्ने कुरा नेताहरूले उठाएका छन् । माओवादी स्रोतका अनुसार लामिछानेले राजीनामा दिइसकेपछि गृह मन्त्रालय माओवादीले नै राख्दा राम्रो हुने जोडदार रूपमा उठेको छ ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्रालय माओवादीले नै लिनुपर्ने धारणा राखेका छन् । माओवादी केन्द्रले गृह पाएको अवस्थामा उपमहासचिव बर्षमान पुन वा बस्नेत आफैं गृहमन्त्री हुने लाइनमा छन् ।

‘विगतको अनुभवनुसार गृह, अर्थ, पराराष्ट्र प्रधानमन्त्री हुने दलले नै राख्नुपर्ने देखिन्छ । तर, यीमध्ये माओवादीसँग कुनै मन्त्रालय छैन । प्रधानमन्त्रीलाई सफल बनाउन यी तीनमध्ये कम्तीमा एक मन्त्रालय माओवादी केन्द्रसँग हुुनुपर्छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘पार्टीले पाएपछि जो जाँदा पनि हुन्छ । रविजीले राजीनामा दिइसकेपछि उनको मुद्दा किनारा नलाग्दासम्म पुनः गृह मन्त्रालयमा फर्काउन नहुने दबाब छ ।’

माओवादी केन्द्रका नेताले गृह मन्त्रालय पार्टीले नै राख्नुपर्ने दबाब दिएका छन् । उता, सत्तारूढ गठबन्धनबाट गृह मन्त्रालय रास्वपा अध्यक्ष रवि छामिछानेलाई दिनुपर्ने अर्को दबाब छ ।

तर, माओवादी केन्द्रको पदाधिकारी बैठकपश्चात् उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारी बैठकमा गृह मन्त्रालयका ’boutमा छलफल नभएको बताए । स्थायी कमिटी बैठकमा छलफल हुन सक्ने बताउँदै उनले पदाधिकारी बैठकमा सो’boutमा छलफल नभएको दाबी उनको छ । गृहमन्त्री माओवादी पदाधिकारीले नबनाउने बताउँदै उनले यस’boutमा छलफल गर्न अहिले जरुरी नै नभएको बताए ।

‘हामीले गृहमन्त्री को हुन्छ ? के हुन्छ भन्ने विषयमा छलफल नै गरेनौं । गृहमन्त्री को हुने पार्टीले टुंग्याउने विषय होइन,’ महराले भने, ‘गृहमन्त्रीका विषयमा स्थायी समिति बैठकमा छलफल हुन सक्छ ।’

मंगलबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने उनले बताए । पार्टीका नेताको जिम्मेवारी बाँडफाँटका ’boutमा छलफल जारी रहेको बताउँदै उनले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक एक दिन सारेर पदाधिकारी बैठकमा अझै बृहत् छलफल हुने बताए ।

प्रवक्ता महराका अनुसार मंगलबार पदाधिकारी बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँटका ’boutमा छलफल हुनेछ । महासचिव देव गुरुङको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी नेताको जिम्मेवारी बाँडफाँट’bout प्रस्ताव तयार गर्न जिम्मेवारी दिएको थियो । सोही विषयमा सोमबारको बैठकमा छलफल भएको प्रवक्ता महराले बताए । स्थायी कमिटीको बैठकले अन्तिम टुंगो लगाउँदै पार्टी नेताको जिम्मेवारी बाँडफाँट हुने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर