किन गुम्यो ठूला दलको लोकप्रिय मत

गत मंसिर ४ मा सम्पन्न भएको संघीय तथा प्रदेशसभाको निर्वाचनमा नेपाली जनताले धेरै नयाँ कुरा देखे । त्यस्तै, नेपालका ठूला र मूलधारका भनिने राजनीतिक दलले नसोचेको देखे, भोगे । त्यसो त जनमत कता जाँदै छ ? त्यसो छेउटुप्पो थाहा नपाई आपूm खुसी जे पायो, त्यही बोल्दा वा अहंता प्रदर्शन गरेको फल नै हुन सक्छ कि प्रत्यक्ष निर्वाचनमा आप्mनो पार्टी एक्लैले सय सिट जित्छ भनी केपी ओलीले बोलेको कुरो पानीको फोको जस्तै भयो । ओली कामरेडले जे भए तापनि (एमाले) ले प्रत्यक्षमा ४४ सिट मात्रै जित्यो । त्यस्तै, एमालेबाट फुटेर बनेको नयाँ दल नेकपा (एस)का अध्यक्षले पनि २० लाख लोकप्रिय (समानुपातिक) मत ल्याउँछु÷ल्याउँछ भनेका थिए । तर, सो दलले ३ प्रतिशत मत ल्याउन नसकेर राष्ट्रिय दलसमेत बन्न सकेन । स्मरणीय छ, नेकपा (एस)ले २ लाख ९८ हजार चानचचुन लोकप्रिय मत मात्रै ल्याउन सक्यो । सो दलले प्रत्यक्ष निर्वाचनमा चाहिँ १० सिट जित्यो । तर, नेकपा (एस)ले नै समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा धेरै खर्च गरेको भन्ने निर्वाचन आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसरी हेर्दा २०७९ मा भएको निर्वाचनमा समानुपातिक अर्थात् लोकप्रिय निर्वाचन प्रणालीको मत परिणाममा ठूला र मूलधारका भनिने राजनीतिक दल किन अनपेक्षित रूपमा खस्के ? भन्ने सम्बन्धमा कसैले पनि भुइँ तहमा गएर बहस र छलफल चलाएनन् । हुन त नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यसपटकको निर्वाचनमा भएको उलटपुलट र नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको विजयलाई अस्वाभाविक रूपमा भएको विजय भन्ने आशय व्यक्त गरे । अझ उनै शंकर पोखरेलले ‘सहरिया मध्यम वर्ग अस्थिरताको कारक’ भनी आरोप लगाए । स्रोतः अनलाइन खबर, पुस ४, २०७९ । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माके)ले समानुपातिक मत प्रणालीमा ४ लाख २८ हजारदेखि १ लाखसम्म कम मत ल्याएका छन् । किन यस्तो भयो ? जबकि, यसबीचमा ती दल नै पालैपालो सत्तामा रहेका थिए । यो अवस्थामा पनि उनीहरूले आप्mनो लोकप्रिय मत घटाउनु भनेको के को संकेत हो ? एमालेले २०७९ को निर्वाचनमा मा २८ लाख ४५ हजार, नेकाले २७ लाख १५ हजार (माके)ले ११ लाख ७५ हजार लोकप्रिय मत मात्रै ल्याए ।

खुकुरीसहितको दाप, ढक्की, कुखरोको भाले आदिमा पहिलेभन्दा धेरै लोकप्रिय मत खसेको देखिन्छ

पछिल्लोपटक निर्वाचनमा खसेको लोकप्रिय मतले केको संकेत गर्छ, धेरथोर बहस र छलफलको विषय बनाउने हो कि ? ’cause, नेपाली कांग्रेसले २०७४ मा पाएको लोकप्रिय मतभन्दा यसपटक ४ लाख १३ हजार कम लोकप्रिय मत ल्याएको छ । त्यस्तै, नेकपा (एमाले)ले पनि २०७४ सालमा भन्दा यसपटक ३ लाख २७ हजार कम लोकप्रिय मत ल्याएको छ भने उता नेकपा (माके)ले पनि २०७४ सालभन्दा यसपटक १ लाख २८ हजार कम लोकप्रिय मत ल्याएको छ । अर्को महŒवपूर्ण कुरो के छ भने, नेकपा (एमाले)बाट फुटेर बनेको र निक्कै ठूलो शक्ति रहेको र लोकप्रिय मत २० लाख कटाउँछु–कट्छ भनेको नेकपा (एस)ले त ३ लाख १८ हजार लोकप्रिय मत पु¥याउन नसकेर राष्ट्रिय राजनीतिक दल नै बन्न सकेन । धेरैजसो राज्य पक्षका बुद्घिजीवी र मूलधारका भनिने मिडिया ती मिडियामा कार्यरत मिडियाकर्मीले भन्ने गरेको ‘नेपालमा वर्गीय मुद्दा समाधान हुनेबित्तिकै सबै ठीकठाक हुन्छ, जातीय, भाषिक, धार्मिक, समानुपातिक समावेशीकरण, अल्पसंख्यक, तेस्रो लिंगी, महिला आदि भन्ने त समूह देखाएर खानेहरूको ‘लन्चिङ–प्याड’ मात्रै हो भन्ने खालको जुन भनाइ रहेको छ, त्यसो होइन है † हो कि ? नत्र भने समानुपातिकमा खसेको मत जसलाई ‘लोकप्रिय मत’ भन्ने गरिन्छ, सबै लोकप्रिय मत खल्र्याम–खुर्लम्मै नेकपा (एमाले), नेकपा (माके) र अन्य साम्यवादी दलजस्तै नेमकिपा, राष्ट्रिय जनमोर्चा, सीपी (माले) आदि दलमा ओइरिनुपर्ने होइन ?

त्यसैले नेपालका विश्लेषक, विचारक, प्राडा, विद, कार, विज्ञ र अखबारी स्तम्भ लेख्ने लेखक, विभिन्न दलका नेता आदिले बेला छँदै माथिका विषयमा जवाफ दिनुपर्नेहुन्छ । ’cause, रेमश चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले कैलाली क्षेत्र नम्बर १, २ र ३ मा जित निकाल्यो भने बर्दिया क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रेशम चौधरीका बुबा लालवीर चौधरीले स्वतन्त्र उम्मेदवार भएर जित निकाले । त्यस्तै, कञ्नपुर क्षेत्र नम्बर १, बर्दिया क्षेत्र नम्बर १, बाँके क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर ४ मा राम्रै मत ल्याएर तेस्रो स्थान प्राप्त ग¥यो । त्यस्तै, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी (जसपा) र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चमत्कार ग-यो भने, राप्रपा पनि यसपटकको निर्वाचनमा निर्णायक शक्तिका रूपमा उदाएको छ ।

ठूला दल पालैपालो सत्तामा रहेको अवस्थामा पनि उनीहरूले सोचेको आफ्नाे लोकप्रिय मत घटाउनु भनेको राम्रो संकेत होइन

त्यसो त राज्य पक्षको मिडिया र बुद्घिजीवीको एकपाखे भनाइलाई मान्ने हो भने, जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी उदय हुनु वा भनौं उनीहरूले धेरथोर सिट जित्नु र लोकप्रिय मत ल्याउनुको अर्थ के हुन सक्छ ? नेपालको सत्ता राजनीति र पार्टी राजनीतिमा वर्चस्व राख्ने खस आर्य समूहका मान्छेहरूले सोच्नैपर्ने देखिन्छ । कतै नेपालको राजनीतिक समस्या भनेको वर्गीय मात्रै होइन भन्ने हो कि ? त्यसैले नेपालका जातजाति, भाषाभाषी, हिन्दू धर्मबाहेकका अन्य धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी, मजदुर, किसान, समानुपातिक त समावेशी भन्ने शब्द सुन्दै ‘एलर्जी’ हुने राष्ट्रवादी कामरेडले बेलाछँदै विचार गर्ने हो कि ?

हुन पनि यसपटक निर्वाचन चिह्न गिलास, हँसिया–तारा, गँती, तीर, पाँचकुने तारा, करुवा आदिमा पहिलेभन्दा लोकप्रिय मत घटेको देखिन्छ भने निर्वाचन चिह्न खुकुरीसहितको दाप, ढक्की, कुखरोको भाले आदिमा भने पहिलेभन्दा धेरै लोकप्रिय मत खसेको देखिन्छ । कुखुरोको भालेले त यसपटक २०६४ को पहिलो निर्वाचनमाभन्दा चार गुणाभन्दा बढी लोकप्रिय मत ल्याएको देखिन्छ । स्मरणीय छ, २०६४ सालमा मंगोल नेसनल अर्गनाइजेसन (निर्वाचन चिह्न कुखुरोको भाले)ले ११ हजार ५ सय ७८ लोकप्रिय मत मात्रै ल्याउन सकेको थियो । तर, यसपटक (२०७९ मा) उसले ४९ हजार मत ल्याएको छ ।

त्यसैले राज्य पक्षको मिडिया र बुद्घिजीवी जो नेपालका जातजाति, भाषाभाषी, हिन्दू धर्मबाहेकका अन्य धार्मिक समूह, अल्पसंख्यक, तेस्रो लिंगी, मजदुर, किसान, समानुपातिक त समावेशी भन्ने शब्द सुन्दै ‘एलर्जी’ हुने र अनुदारवादी रुझान राख्ने कामरेड जो हुनुहुन्छ, हजुरले नेपालका ठूला भनिने राजनीतिक दलले यसपटकको समेत जोडेर केही न केही बढी लोकप्रिय मत (कम्तीमा साढे ९-१० लाख) ल्याउनुपर्नेमा उल्टै २०७४ मा ल्याएको लोकप्रिय मतबाट ८ लाख ६९ हजार चानचुन लोकप्रिय मत गुमाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी