डष्टी कार्गो ल्याउने बाटाे फेरिँदा नेपाली उपभाेक्ता मारमा

वीरगन्ज । सीमा क्षेत्रमा भएको डष्टी कार्गो आयात लगायतको समस्या हल गर्न माग गर्दै वीरगन्ज उद्योग बाणिज्य संघको टोलीले नेपाल सरकारको अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसंग भेट गरेको छ । वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताको नेतृत्वमा गएको संघका पदाधिकारीको टोलीले सोमबार काठमाण्डौ पुगी डष्टी कार्गो आयातमा देखिएका समस्या लगायत वीरगन्ज पथलैया औद्योगिक क्षेत्रका नीजि क्षेत्रका समस्या हल गर्न माग गर्दै मन्त्रीहरुलाई भेटेको हो ।

मन्त्रीलाई भेटेर डष्टी कार्गो आयातका समस्या हल गर्न संघको माग


गएको पुस २४ गते यता डष्टी कार्गो साविकको वीरगन्ज भन्सार नजिकको मितेरी पुलतर्फको बाटोबाट सीधा ल्याउन भारततर्फबाट रोकिएको छ । भारतको रक्सौल पश्चिम तर्फ रहेको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी ) तर्फबाट ल्याउनु पर्ने नियम बनेपछि नेपाली आयातकर्तालाई त्यहाँको सडक संजालस्तरीय नहुँदा समस्या भोगिरहेका छन् । साँघुरो सडक संजाल हुँदा सो सडकको कारण विलम्ब र पार्किङ्ग शुल्क तथा डिटेन्सन चार्ज तिर्न बाध्य भई यस्तो समस्या भोगिरहेका हुन् ।

सिमेन्ट र फलाम उद्योगको कच्चा पदार्थ, स्ल्याग, आइरन ओर, कोइला, मलखाद र नुन लगायतको डष्टी कार्गो आयातकर्ता व्यवसयाीले भोगेका समस्याले एक ¥याक मालबस्तु ढुवानी गर्दा ३० लाखसम्म महँगो परिरहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताजे बताए । यसको प्रत्यक्ष आर्थिक भार अब नेपाली उपभोक्ताको टाउकोसम्म पुग्ने उनको भनाइ छ । डष्टी कार्गो सो रुट भएर पठाउन मिल्ने नमिल्ने वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दूतावासका प्रतिनीधि सहित दुवै देशको संयुक्त संयन्त्रले केही समय पहिले अनुगमन गरी सडकको स्तरवृद्धि नभएसम्म पठाउन नमिल्ने निष्कर्ष निकालेको थियो ।

सो कुरा टोलीमा सहभागी संयन्त्रका अधिकारीहरुले आफ्नो देशका माथिल्लो निकायमा सन्देश प्रवाह गर्ने समेत सहमति विपरित वीरगन्जमा रहेको महाबाणिज्य दूतावासले सो सडक संजाल ठिक छ भनी माथिल्लो निकायमा सन्देश पठाउँदा त्यहाँको जीर्ण र साँघुरो सडक संजालको कारण समस्या बढेको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए । ‘भारततर्फ सडकसंजालको स्तरवृद्धि भएकै छैन । संयुक्त अनुगमनका क्रममा सडकको स्तरवृद्धि पछिमात्र डष्टी कार्गो उताबाट पठाउने कुरा भएको थियो ।’ उनले भने । यसमा भारतीय महाबाणिज्य दूतावासका महाबाणिज्य दूतको जबरजस्तीले नेपाली व्यवसायीले दुःख पाएको उनले तर्क गरे । दुवै तर्फको संयुक्त संयन्त्रको स्थलगत अनुगममन गरेको थियो ।

साविकको सडकबाट डष्टी कार्गो नपठाउँदा साढे ७ सय मिटर बाटो साँघुरो, जाम र जीर्ण छ । सीमा क्षेत्रमा हुने ट्रेड र व्यापारको समस्या हल गर्न सम्बन्धित क्षेत्रमा महाबाणिज्य दूतावासले सकारात्मक भूमिका खेलीदिनु पर्नेमा यो बिषयमा वीरगन्जमा रहेको महाबाणिज्य दूताबासको पछिल्लो कदमले सकारात्मक नभएको आयातकर्ताको तर्क छ ।

समस्या थपिएपछि एक -याकमा ३२ लाखसम्म महँगो

भारतको रक्सौलस्थित रेल–वे स्टेशन नजिक भएर आउँदा एउटा गाडीले दैनिक एक ¥याक कार्गो ढुवानी गर्दा ३०÷३२ लाखसम्म खर्च बढेको संघले जनाएको हो । वीरगन्ज भन्सारको पुरानो बाटो अर्थात मितेरी पुल तर्फबाट ल्याउँदा सो मूल्य कम पथ्र्यो । आइसिपीको बाटो हुँदै ढुवानी गर्दा रक्सौल पश्चिमको साढे सात सय मिटर साँघुरो सडकखण्डको चाप र बजार क्षेत्रको जाममा नेशनल पर्मिटका अन्य गाडीसँगै फस्नु पर्ने बाध्यताले डिटेन्सन चार्ज, पार्किङ्ग शुल्क र समय सबै बढेको चालक रमेश भट्टराईले बताए ।

लाइन बाहिर गाडी निकाले २ हजार ५ सयसम्म थप जरिवानी तिर्न पर्ने हुँदा लोकल ढुवानीकर्ता ठूलो समस्यामा परेको अर्का चालक नन्दन राउतले दुःखेसो गरे । गाडीको काँटा गर्नका लागि पनि सयौं गाडीको लाइनमा पालो कुरेर बस्नु पर्ने अर्को समस्या रहेको अर्का चालक शेख जियाउलले बताए । ‘ढिलो भएकै कारण गाडी पार्किङ्ग गर्नुपर्दा भारततर्फ एक दिनको ७ सय ६८ रुपैया र नेपाल तर्फ ५ सय ५० पार्किङ्ग चार्ज तिर्नै पर्छ ।’ अर्का चालक लालबहादुर साहले रसिद देखाउँदै बताए । ‘लाइनका गाडी खुल्ला र हिड्न पाइएला भनी कुर्दा कुर्दै अब त खान, बस्नको पनि ठेगान नहुने भयो ।’ भारतको आइसिपीको जाममा फसेका अर्का चालक राउतले दुखेसो गरे ।

डष्टी कार्गोको लागि आइसिपी भित्रको वैकल्पिक सडक र भन्सार विन्दुमा पनि वारी–पारी दुई ठाउँमा मात्र इन्ट्री गर्ने व्यवस्था मिलाउन सके केही राहत हुने उनीहरुको सुझाव छ ।

चाडै सडकको स्तरउन्नति हुन्छः महाबाणिज्य दूत

महाबाणिज्य दूतावास वीरगन्जका महाबाणिज्य दूत ( सिजी ) नितेश कुमारसँग यो बिषयमा कुरा गर्दा बिहार सरकारले सकेसम्म चाँडै सडकको स्तरउन्नति गर्ने दावी गरे । तर एक बर्ष वा कति समय लाग्छ भन्ने भन्न चाहेनन् । केवल चाँडो मात्र हुन्छ भने । फूलफेजमा चलाउन बनाइएको आइसिपीभन्दा बाहिरबाट अब डष्टी कार्गो पनि जाँदैन उनले बताए ।

८÷१० व्यापारीलाई समस्या भयो भन्दैमा अन्यत्र विकल्प खोजिन्न । समस्या भए ‘ओली वा प्रचण्ड’लाई भने भैगयो नि । कन्सुलर जनरल नितेश कुमारले ठाडै बताए । कुनै ‘कन्जुमर’ले त आफूसँग आएर यस्तो समस्या भनेको छैन उनले तर्क गरे । केही समस्या भए दुवैतर्फको ज्वाइन्ट मिटिङ्ग बसी समाधान खोज्दै अगाडी बढ्ने हो उनले प्रष्ट पारे ।

दश नम्बर ‘लेन’ पनि अझै चालु भएन

डष्टी कार्गो ल्याउँदा आइसिपीको दुवै तर्फको १० नम्बर लेनबाट ल्याउने लाने भनिए पनि आइसीपीको सो बाटो ( लेन ) पनि अझै संचालनमा नआएको आइसिपीको व्यवस्थापन हेर्ने दुवै देशका अधिकारीहरुले स्वीकारे । हामी १० नम्बर लेनबाट पठाउन तयार नि छौं । हामीमा केही कमजोरी छैन भारत तर्फ आइसिपीको व्यवस्थापन हेर्ने लेण्ड पोर्ट अथोरिटी ( एलपीएआइ) का इन्चार्ज प्रविण सिंहले राजधानी सँग बताए । कष्टमले रोकेको कारण अहिले अन्य सवारी जाने बाटोबाट नै डष्टी कार्गो पनि पठाइएको छ उनले भने ।

स्थलमार्ग भएर भारत र तेस्रो मुलुकबाट आयात भएका सबै सामान एउटै गेटबाट आउँदा नेपाल तर्फ पनि आइसिपीमा व्यवस्थापन गर्न समस्या भएको नेपाली पक्षको पनि भनाइ छ । एक ¥याक डष्टी कार्गो रक्सौलमा अनलोड गरेर लोकल सवारीबाट नेपाल ल्याउँदा २०÷२२ लाख अतिरिक्त भार पर्न थालेको गुनासो आफूले पनि सुनेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालले राजधानीसँग बताए ।

भन्सारको तर्फबाट डष्टी कार्गोको लागि अलग रुट भएर आइसिपीमा भित्र्याउने कुराका लागि पहल भइरहेको उनको भनाइ छ । यसो गर्दा समय र अतिरिक्त डेटेन्सन चार्ज पनि केही कम पर्ने थियो उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै