शुन्य फोहोर अभियानसँग अपाङ्गता सवाललाई जोड्दा

हामीले जनवरी महिनालाई “शुन्य फोहोर महिना” को रूपमा मनाइ सकेका छौं । जनवरी महिनालाई “शुन्य फोहोर महिना” को रूपमा मनाउने गरिन्छ । शुन्य फोहोर महिनाको अवधारणा विशेष गरि एशियामा सन् २०१२ देखि फिलिपिन्सबाट शुरू भएको पाईन्छ । फोहोरमैलाका कारण विश्वभरि नै असर भईरहेको अवस्थालाई मध्यनजर गर्दै शुन्य फोहोरको अवधारणा ’bout सबैलाई ध्यानाकर्षण गराउन तथा यस ’boutमा जनचेतना फैलाउनका लागि “शुन्य फोहोर महिना” मनाउन थालिएको हो । वर्षको शुरूवात देखि अर्थात जनवरी महिना भरि नै यस ’boutमा विशेष चर्चा, गतिविधि तथा विभिन्न कार्यक्रमहरू गरेर यस सवाल तर्फ सबैको ध्यान जाओस भनेर शुन्य फोहोर महिनालाई विशेष रूपमा मनाउने गरिएको हो ।

वास्तवमा फोहोरमैलाले मानवजातिलाई मात्र नभएर प्रत्येक प्राणी, बोटबिरूवा लगायत संपूर्ण पर्यावरणलाई नै प्रभाव पार्दछ । ग्लोबल वार्मिङ्ग, ओजनतह पातलिने, जलवायु परिवर्तन तथा यसका कारण घट्ने विभिन्न प्राकृतिक प्रकोपहरू र विभिन्न संक्रामक रोगहरू यसका उदाहरणहरू हुन् । त्यसैले बेलैमा सचेत तथा संवेदनशिल भएर यस तर्फ प्रत्येक व्यक्तिले पहलकदमी नगर्ने हो भने पृथ्वीको अस्तित्व नै संकटमा पर्न सक्छ ।

अपाङ्गता सवाल प्रत्येक सवालसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर आउने हुनाले शुन्य फोहोरको अवधारणामा पनि अपाङ्गता सवाल जोड्एिर आउँछ नै तर यसलाई शुन्य फोहोरको अवधारणासँग कसरी जोड्दा अपाङ्गता भएका व्यक्तिहरूका लागि अवसर बन्न सक्छ भन्ने सोचेर काम गर्नु चाहिँ मुख्य कुरा हो । अपाङ्गता भएका व्यक्तिहरू अवसर नपाएर पिछडिएर रहेको अवस्थामा शुन्य फोहोर अभियानमा उनीहरूलाई अग्रसर बनाउन सके आर्थिक उपार्जनको राम्रो बाटो बन्न सक्छ । त्यसैले यसलाई एउटा उपयुक्त अवसरको रूपमा पनि सदुपयोग गर्न सकिन्छ । जसको एउटा राम्रो उदाहरण हो, काठमाडौंको लाजिम्पाट स्थित “कोथिना मिठो छ : द स्कुल अफ हस्पिटालिटी” ।

कोथिना मिठो छ : द स्कुल अफ हस्पीटालिटी सन् २०१० देखि शुरूवात भएको “दिगो सामाजिक उद्यमशिल” संस्था हो । मुनाफा वितरण नगर्ने यस संस्थाले अतिआवश्यक परेका युवाहरूलाई छात्रवृति उपलव्ध गराउनुका साथै विभिन्न प्रकारका सामाजिक कामहरू गर्ने गरेको छ । नेपालमा २०७२ सालमा गएको भुकम्पको बेला यस होटललाई एक सुरक्षित सेल्टरका रूपमा प्रयोग गरिएको थियो साथै यस होटलले धेरै व्यक्तिहरूलाई निःशुल्क रूपमा खान तथा बस्नको लागि पनि सो समयमा व्यवस्था गरिदिएको थियो ।

अपाङ्गता सवाल प्रत्येक सवालसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर आउने हुनाले शुन्य फोहोरको अवधारणामा पनि अपाङ्गता सवाल जोड्एिर आउँछ नै तर यसलाई शुन्य फोहोरको अवधारणासँग कसरी जोड्दा अपाङ्गता भएका व्यक्तिहरूका लागि अवसर बन्न सक्छ भन्ने सोचेर काम गर्नु चाहिँ मुख्य कुरा हो

कोथिना मिठो छ ले अनाथ, गरिव तथा पिछडिएका युवाहरूलाई होटल, बेकरी तथा कफी व्यावसाय सम्बन्धी शिप विकासका लागि आवश्यक तालिम प्रदान गरी रोजगार गर्नका लागि सहयोग गर्दछ । यसले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि विशेष प्राथमिकताका साथ आवश्यकता अनुसार निःशुल्क रूपमा तालिम प्रदान गरि रोजगारीमा समेत सहयोग पु¥याउँदै आएको छ । कोथिना मिठो छ को आफ्नै होटल पनि छ जसमा आउने ग्राहकहरूलाई रेष्टुरेन्ट तथा बासको व्यवस्था पनि गरिएको छ । कोथिना मिठो छ बाट दैनिक रूपमा निस्कने फोहोरलाई शुन्य फोहोरको अवधारणा अनुसार व्यवस्थापन गर्नका लागि एक जना अपाङ्गता भएको व्यक्तिलाई जिम्मेवारी दिइएको छ ।

बैतडीका २४ वर्षिय बहिरा व्यक्ति बिपिन चन्द विगत ७ महिना देखि यस होटलमा किचन स्टाफको रूपमा काम गरिरहेका छन् । उनैले होटलको फोहोर व्यवस्थापन गर्ने पनि जिम्मेवारी पाएका छन् । “तपाईंले यहाँ फोहोर व्यवस्थापन कसरी गरिरहनु भएको छ ?” भन्ने जिज्ञासा राख्दा उनले भने, “सबैभन्दा पहिला कुहिने र नकुहिने फोहोर छुट्टयाउँछौं । कुहिने फोहोरलाई कम्पोष्ट बनाएर होटलकै फुलबारी तथा गफीका विरूवा लगायत अन्य बोटविरुवाहरूमा प्रयोग गर्छौ । काम लाग्ने प्लाष्टिक, शिशा र टिनको बोतल तथा बट्टालाई पुनः प्रयोगमा ल्याउँछौं । त्यसैगरी फाल्तु काठ तथा टिनहरूबाट होटलको डेकोरेशन बनाउँछौं भने माटोका भाडाँहरूलाई गमला बनाएर फुलहरू रोप्ने गरेको छौं । काम नलाग्ने प्लाष्टिक, शिशा र टिनको बोतल तथा बट्टालाई बेच्नको लागि अलगअलग छुट्टयाएर एक ठाँउमा जम्मा गरेर राख्छौं र केही समय पश्चात त्यसलाई बेच्ने गरेका छौं । जसबाट आएको पैसा होटलले मलाई नै दिने गरेको छ ।” बिपिनलाई फोहोर व्यवस्थापन गरे वापत होटलले उनले पाउने तलवमा थपेर केही रकम प्रोत्साहन स्वरूप पनि उपलव्ध गराउँने गरेको छ ।

एक वर्ष अगाडि सम्म कोथिना मिठो छ बाट एकदमै धेरै मात्रामा फोहोरजन्य पदार्थहरू निस्कने गरेको थियो तर फोहोर व्यवस्थापन गर्न शुरूवात गरेदेखि हाल एकदमै कम मात्रामा फोहोरहरू निस्कने गरेको होटल सञ्चालक देबेन्द्र पोख्रेल बताउँनुहुन्छ, “हामीले व्यवस्थापन गर्न नसक्ने फोहोरहरू मात्रै बाहिर निकाल्छौं, जुन एकदमै थोरै हुन्छ । त्यो देखेर सबैजना छक्क पर्दै भन्छन, यत्रो होटलबाट कति कम फोहोर निस्केको !” गत वर्ष लाजिम्पाट स्थित एउटा संस्थाले सो होटलमा आएर होटल कर्मचारीहरूलाई फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिएपछि यस होटलमा शुन्य फोहोर अभियानको शुरूवात भएको हो । यस तालिम पश्चात सबै कर्मचारीहरू मध्ये पनि बिपिनले यस सम्बन्धमा बढी संवेदनशिलता तथा जागरूकता देखाएकोले उनलाई नै फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको जानकारी दिनुहुँदै होटल सञ्चालक देबेन्द्र पोख्रेलले अन्य व्यक्तिहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरू काममा बढी केन्द्रित भएर लाग्ने र आफ्नो उत्तरदायित्वलाई पनि राम्रोसँग बुझ्ने भएको हुनाले उनीहरूलाई यस अभियानमा जोड्न सके उनीहरूका लागि आर्थिक आम्दानीको एउटा राम्रो अवसर बन्ने सक्ने बताउँनु भयो ।

शुन्य फोहोरको अर्थ फोहोर नै ननिस्कियोस भन्ने हो अर्थात हामीले दैनिक रूपमा प्रयोग गर्ने कुराहरूबाट सकेसम्म फोहोर नै ननिस्कियोस वा निस्किएता पनि एकदमै न्यून मात्रामा मात्रै निस्कियोस । जसले गर्दा फोहोर व्यवस्थापन गर्नमा सहजता होस भन्ने हो । जसका लागि हामीले गर्न सक्ने केही सानासाना कुराहरूमा मात्रै पनि ध्यान दिन सक्यौं भने यस कार्यमा योगदान दिन सक्छौं, जस्तैः आफूलाई आवश्यक पर्ने सामग्रीहरू खरिद गर्दा त्यसको प्रयोग कति मात्रामा गर्न सकिन्छ विचार गर्ने, सकेसम्म पुनः प्रयोगमा आउन सक्ने सामग्रीहरू खरिद गरी पुनः प्रयोग गर्ने, फोहोरहरू निकाल्दा कुहिने तथा नकुहिने फोहोरहरू छुट्टयाई अलगअलग राख्ने तथा कुहिने फोहोरहरूलाई घरमै कम्पोष्टको रूपमा प्रयोग गर्ने । त्यसैगरी नकुहिने फोहोरहरूलाई पनि सोही अनुसार व्यवस्थापन गर्ने । यस कार्यले समुदाय तथा सरकारलाई फोहोर व्यवस्थापन गर्न सजिलो हुने मात्र नभई वातावरण तथा पर्यावरणलाई सन्तुलनमा राख्न पनि सिधै सहयोग पुग्दछ ।

त्यसैगरी शुन्य फोहोर अभियानमा अपाङ्गता भएका व्यक्तिहरूलाई जोड्न सके यस कार्यमा उनीहरूको समेत योगदान रहने तथा उनीहरूको आम्दानीको अवसर पनि सृजना गर्न सकिने थियो । उदाहरणका लागि खेर गएका सामानहरूबाट विभिन्न सजावटका सामग्री तथा घरायसी र कार्यालय प्रयोजनमा प्रयोग हुने सामग्रीहरू बनाउन अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर दिन सक्ने हो भने यसबाट उनीहरूका लागि रोजगारी सृजना गर्न सकिने थियो । नेपालमा शुन्य फोहोरको सवालमा काम गर्ने विभिन्न संघसंस्थाहरू छन् । जसमध्ये प्रज्ञा सिड्स नेपालले पनि शुन्य फोहोरका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ । संस्थाको शुन्य फोहोर अभियानमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अबका दिनमा जोड्दै लैजाने योजना रहेको संस्थाका अध्यक्ष, प्रणय श्रेष्ठले बताउँनुभयो ।
निजी संस्था वा कम्पनीको रूपमा कोथिना मिठो छ ले अपाङ्गता भएको व्यक्तिलाई शुन्य फोहोर अभियानमा जोड्ने जुन प्रयास गरेको छ । झट्ट हेर्दा यो एउटा सानो काम मात्रै जस्तो देखिन्छ तर सबैका लागि यो एक उदाहरणिय कार्य हो । किनकी शुन्य फोहोर अभियान आफैमा एउटा ठूलो र चुनौतीपूर्ण काम हो र त्यसमा पनि अपाङ्गता भएका व्यक्तिलाई जोड्न सकिन्छ भनेर शुरूवात गर्नु आफैमा स्वागतयोग्य कार्य हो । त्यसैले यस्ता कुराहरूमा सरकार लगायत सम्बन्धित सबै सरोकारवाला निकाय, व्यक्ति तथा संघसंस्थाहरूको ध्यान जान सक्ने हो भने शुन्य फोहोर अभियानले अझ सार्थकता पाउने थियो ।

पाैडेल अपाङ्गता अधिकार तथा सञ्चारकर्मी हुन्

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९