बानेश्वर आत्मदाह प्रकरण : उपेन्द्र महतो, मीनबहादुर गुरुङसंग प्रहरीले बयान लियो

Rajdhani Rastriya Dainik | Online Nepali News Portal


काठमाडौ । गत मङ्गलबार आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही दिन आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्धामा आरोप लगाएपछि महतोसँग प्रहरीले बयान लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिईएको थियो । उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका पत्रका आधारमा प्रहरले ब्यवसायी महतो र उनले सञ्चालन गर्र्दै आएको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेको उल्लेख गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यले व्यवसायी महतोको कम्पनीले बाँकी बक्यौता दिनुपर्नेमा म्याद ग्रुजेपछि घिउ फिर्ता गरेका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको उल्लेख गरे पछि प्रहरीे महतोसँग वयान लिएको हो ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छिन । सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका तथा सञ्चालक गरी १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिईएको थियो।

न्युजकारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न