तेहरान । इरानमा एउटा नर्तकी जोडीलाई दश वर्षको जेल सजाय दिइएको छ । सडकमा नाचेको भिडियो सामाजिक सञ्जालमा हालेका उनीहरूलाई भ्रष्टाचार, वेश्यावृत्ति र अफवाह बढाएको आरोपमा दश वर्षको कैद सजाय दिइएको हो ।
राजधानी तेहरानको आजादी टावर आसपास नाचेको भिडियो उनीहरुले सामाजिक सञ्जाल इन्स्ट्राग्रामा हालेका थिए । भिडियाेलाई इन्स्ट्राग्राममा करिब २० लाखले पछ्याईरहेका २१ वर्षीया आस्तियाज हाक्किकी र २२ वर्षीय अमीर मोहम्मद अहमदीलाई जेल सजाय दिइएको हो ।
उनीहरूलाई दुई वर्षसम्म सामाजिक सञ्जालमा जोडिन पनि बन्देज लगाइएको छ । यो नर्तकी जोडीमाथिको कारबाही इरानमा जारी प्रदर्शनसंग भने सम्बन्धित नरहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)