ओलीसँग भेटेलगत्तै प्रचण्ड पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । बुधबार बिहानै प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि उनी पार्टीका नेताहरुसँग आन्तिरिक छलफलमा जुटेका हुन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको सांसद पद खारेज गरेसँगै उनी गृहमन्त्रीबाट स्वतः पदमुक्त भएका थिए । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्ति गरेका लामिछाने यतिबेला आफूलाई गैरसांसदको रुपमा छ महिनाका लागि पुन सोही मन्त्रालयमा फर्काउनका लागि पहल गरिरहेका छन् ।

एमाले अध्यक्ष ओली रबिलाई पुनः गृहमा पर्काउन सकारात्मक भएपनि प्रधानमन्त्री प्रचण्ड गैरसांसदका रुपमा रबिलाई गृहमा फर्काउन तयार छैनन् ।

प्रचण्डले पार्टीका दुई प्रभावशाली नेता वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग गृहमन्त्रालय कसलाई दिने भन्ने ’boutमा छलफल गरिरहेका छन् । सरकारको नेतृत्व गरेको दलले नै राज्यको आन्तरिक प्रशासन हेर्ने गृह मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रका नेताहरुको अडान छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी