मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

टीकापुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पदभार ग्रहण गरेको ३ साता पुग्नै लाग्दासमेत विश्वासको मत लिन सकेका छैनन् । मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने’bout निर्णय नगर्दा अन्योल देखिएको हो ।

नेकपा एमालेका उनी गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्रीमा विश्वासको मतमात्र होइन मन्त्रिमण्डल विस्तार गर्न नसक्दा अन्योल देखिएको छ । उनले २८ पुसमा पदभार ग्रहणसँगै नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेका सन्तोषकुमारी शर्मा थापालाई बिनाविभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।

सुदूरपश्चिममा सातजना मन्त्री, चार राज्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ । तर, हालसम्म अन्योलता कायमै रहेको देखिन्छ । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुनेगरी प्रदेश मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था छ । यहाँ ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

गत २७ पुसमा मुख्यमन्त्री नियुक्त रावलले ३० दिनभित्रै प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सुदूरपश्चिममा मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयमा मन्त्री नभएपछि मन्त्रालयहरू पनि सुनसान देखिएका छन् । मन्त्रालयका नियमित कार्यबाहेक नीतिगत कार्य प्रभावित भएको छ ।

विश्वासको मत लिने र सरकारलाई पूर्णता दिने काम सँगसँगै लैजानेगरी छलफल अघि बढेको नेकपा माओवादी संसदीय दलका नेता तथा बिनाविभागीयमन्त्री खगराज भट्टले बताए । समयसीमाभित्रै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारसमेत हुने उनको दाबी छ ।

सुदूरपश्चिम सरकारलाई विश्वासको मत पाउने नपाउने नागरिक उन्मुक्ति पार्टीकै भर पर्नुपर्ने हुन्छ । मुख्यमन्त्री रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका राजबन्दी रिहाइको माग पूरा नभएसम्म विश्वासको मत नदिने र सरकारमा समेत नजाने बताउदै आएको छ । नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख एवं सचेतक लक्ष्मणकिशोर चौधरीले अझै सरकारलाई विश्वासको मत दिने वातावरण बन्न नसकेको बताए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एकजना स्वतन्त्र प्रदेश सांसद छन् ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भक्तपुरमा चुनावी चहल पहल बढ्यो