कोरोना भाइरसको निरन्तर उत्परिवर्तन र यसको जनस्वास्थ्यमा देखिँदै आएको गम्भीर असरका कारण बुस्टर डोज संसारभरका मानव जातिमा निरन्तर प्रचलनमा रहिरहेका बेला नेपालमा जनस्तरमै द्रुततामा बुस्टर डोज दिने काममा निकै लापरबाही हुन गएको देखिन्छ । यही लापबाहीका कारण नेपाल सरकारको भण्डारणमा रहेको ४३ लाख डोज खोप खेर जाने अवस्थामा पुगिसकेको छ । यसको सदुपयोगका लागि मन्त्रालयबाट कुनै पनि निर्देशन आएको छैन । सम्बन्धित निकायबाट निर्देशन नआउँदासम्म मातहतका विभाग र शाखाले घाम तापेर बस्नुको विकल्प छैन । अर्कोतिर एकपछि अर्को गरी उत्परिवर्तित कोरोना भाइरसका कारण जनसाधारण थला पर्ने र मृत्युको बाटो कुर्नुको विकल्प बाँकी छैन । दोस्रो चरणको खोप लगाइसकेपछि बुस्टर डोजका रूपमा केही प्रयास त गरिए तर यसलाई अभियानका रूपमा निरन्तर घरघरमा पु¥याउन सरकार र सरकारी निकायमा तत्परता देखिएन । फलतः खरिद गरिएका र अनुदानमा आएका खोपसमेत निस्काम ‘डेट एक्स्पायर’ हुने अवस्थामा छन् । सरकारले अहिले चौथो बुस्टर डोज दिने भनी सूचना सार्वजनिक गरिरहेका बेला पहिल्यै ल्याइएका ४३ लाख डोज खोप खेर जाने अवस्थामा पुगिसकेका छन् । जुन निकै विडम्बना र दुःखद हो ।
खेर जान थालेका यी खोपमा साइनोभ्याकमात्र ४० लाख डोज रहेको छ । सरकारी भण्डारण कक्षमा ३ लाख डोजभन्दा बढी भेरोसिल खोपसमेत स्टक रहेको छ । देशभरका सातै प्रदेशसहित विभागमा रहेका कोल्डस्टोरमा अहिले ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक आफंै बोलिरहेको छ । तर, सरकारले अहिलेसम्म मौज्दातमा रहेका ४३ लाखभन्दा बढी डोज औषधि प्रयोगमा ल्याउन निर्देशन दिएको छैन । कर्मचारीले बिनानिर्देशन र योजनाखोप वितरण गर्ने कुरा पनि भएन । यदि यी डोज केही दिनभित्रै उपयोगमा ल्याइएनन् भने यी डेट एक्स्पायर भएर खेर जाँदै छन् । यसमा वहना यति मात्र छ कि विश्वस्वास्थ्य संगठनले यी दुवै थरीका खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । स्मरण गर्नुपर्ने कुरा त के रहेको छ भने भेरोसिलहोस् वा साइनोभ्याक दुवै बुस्टर डोजका रूपमा प्रयोग हुँदै आएका छन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले आफू कहाँ रहेको बाँकी डोज’bout बुस्टर डोजका रूपमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनसँग अनुरोध जानकारी पनि गरेको छैन ।
अनि कसरी थाहा हुन्छ र यसो गर्नु उचित हुन्छ भनेर विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई अनुमति दिन्छ बुस्टर खोप लगाउनका लागि ! विश्व स्वास्थ्य संगठन अन्तरयामी पनि होइन । यसले त तथ्य तथ्यांकका आधारमा प्राप्य स्रोत सामग्रीको विश्वभर समुचितवितरण गर्ने प्रबन्ध मिलाउने हो । नेपाल सरकारको यस विषयमा चेत र चासो खोइ ? लापरबाहीको पनि हद हुन्छ । स्टकमा रहेका खोपको सदुपयोगका लागि अबका केही दिनभित्रै सरकारले जरुरी आवश्यक निर्णय लिइसक्नुपर्छ । नेपालमा पहिलो र दोस्रो डोज छुटेका मानिस प्रशस्तमात्रामा छन् । तिनका लागि सरकार र सरकारी निकायले चासो नै देखाएको छैन । बुस्टर डोज होइन, पहिलो र दोस्रो डोज नै नेपालमा पूरा हुन सकेको छैन । यस’bout सरकार बुस्टर डोजको फलाको हालेर घिरौला जत्रो नाक गराउन खोज्नुको अर्थ पनि छैन । आफैं ‘नाच्न नजान्ने, आँगन टेडो’को उखान चरितार्थ गर्नु उपयुक्त हुँदैन । छुटेका हजारौं नागरिकलाई बिना ढिलाइ पहिलो र दोस्रो खोप पूरा गर । त्यसपछि मात्र बुस्टर डोजका कुरा गर !