बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने 

काठमाडौं। नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने ’boutमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटाले  बुद्धिजीवी परिषद्का स्वास्थ बिभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्।

छलफलमा देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने विषयमा छलफल भएको छ। चेपाङ बस्ती, राउटे बस्तीलगायत पिछडिएको बस्ती र दुर्गम बस्तीमा सेवा दिने’bout छलफल भएको हो।

छलफलमा नेकपा एमालेले चुनावमा घोषणा गरेको घोषणापत्र अनुसार स्वस्थे क्षेत्रमा कसरी अघि अघि बढ्ने भन्ने’boutमा समेत छलफल भएको छ। घोषणा पत्रमा ‘निरोगी नेपाल र स्वस्थ नेपाली’ नारा दिएको एमालेले पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्धारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने’ कुरामा जोड दिएको थियो।

निःशुल्क आधारभूत स्वास्थ्य सेवा कसरी प्रवाह गर्ने भन्ने प्रस्ट आधार तयार गरेर नीति निर्माण गर्न सरकारलाई सुझाव दिने छलफलमा अध्यक्ष डा देवकोटाले बताए। उनले भने, ‘स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिनुपर्छ। जनतालाई स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्था कसरी गर्ने भन्ने ’boutमा धारणा बनाएर अघि बढ्नुपर्छ। कार्यान्वयनको लागि जोड दिनुपर्छ। ’

६० हजार सदस्य रहेको सो परिषद्ले स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने नीति’bout धारणा बनाएर सरकारलाई सुझाव दिनेछ। डा देवकोटा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

छलफलमा  नेपाल बुद्धिजीवी परिषद्का स्वास्थ बिभाग संयोजक तथा किष्ट मेडिकल कलेजका अध्यक्ष अक्षयप्रसाद गौतमले बुद्धिजीवी परिषद् बौद्धिक सङ्गठनको सञ्जाल भएकाले यसको कामले देशव्यापी प्रभाव पार्ने बताए। आउँदा दिनमा विभिन्न ठाउँमा गएर आवश्यकता अनुसार स्वास्थ्य सेवा दिनेमा जोड दिए। निःशुल्क आँखाजाँज, चस्मा वितरणलगायतका काममा समेत जोड दिने उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को बन्दैछ आइजिपी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ