काठमाडौं । यस अघि हास्य भूमिका निभाउँदै सह नायकको रुपमा प्रस्तुत हुँदै आएका जितु नेपाल यसपटक चलचित्र ‘ह्यारीकी प्यारी’मा नायकको रुपमा प्रस्तुत भएका छन् । यो चलचित्रमा जितुको नायिकाको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् ।
यो चलचित्र माघ २० शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । चलचित्रमा नायकको रुपमा दर्शकले तिजु नेपाललाई स्विकार्छन या स्विकार्दैनन् । त्यसको जवाफ स्वयँ जितुसँग छैन । तर आफुलाई कलाकारको रुपमा स्विकार्नेमा उनी विश्वस्त छन् ।
नेपाली चलचित्रको नायकलाई कसरी हेरिन्छ भन्ने प्रसँगमा अभिनेता जितुले राजधानीमा भने,‘अग्लो, सर्लक्क परेको खाईलाग्दो ज्यान भएको ह्यान्डम, चकलेटी लुक्सलाई नेपालमा नायकको रुपमा हेरिन्छ । यदि यसरी नै मलाई पनि हेर्ने हो भने यी कुनै पनि गुण ममा छैन ।’ उनले अगाडि थपे,‘तर अहिले नायकको परिभाषा परिवर्तन भएको छ । फिल्ममा समाजको वस्ताविक चरित्र निर्वाह गर्ने जस्तो व्यक्ति पनि नायक हुन्छ भन्ने कुरा मैले चलचित्र ह्यारीकी प्यारीबाट प्रमाणित गर्न खोजेको छु ।’
डा. भोला रिजालका सुपुत्र डा. कपिल रिजालले यो चलचित्रलाई निर्देशन गरेका हुन् । कपिलले आफुलाई यो चलचित्रमा मुख्य भूमिकामा नायकको रुपमा प्रस्ताव गर्दा सुरुमा त जितुलाई विश्वास नै लागेन,‘जब मैले चलचित्रको स्कृप्ट पढेँ । त्यसपछि यो भूमिकामा मलाई सुहाउँछ भन्ने लाग्यो र म नायकको रुपमा काम गर्न तयार भएँ ।’
यही फिल्ममा निकै रामी नायिका चाहिन्थ्यो । जितुको भनाईमा उनको नायिका बन्न अहिलेको चल्तिका अभिनेत्रीहरु तयार हुन्छन जस्तो लागेको थिएन । अझ यो फिल्ममा नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने तयारी थियो । यस’bout जितुले भने,‘साम्राज्ञी भन्नासाथ उहाँ मेरो नायिका बन्नु होला जस्तो मलाई लागेको थिएन । तर स्कृप्ट पढेर जब उहाँ मेरो नायिका बन्न तयार हुनु भएपछि मलाई यसमा काम गर्न साहस बढ्यो ।’
यो चलचित्र नेपाली सहित मारतमा बोलिने, हिन्दी, पञ्जाबी, मराठी, बँगाली भाषामा रिलिज हुँदैछ । आफुले नायकको रुपमा काम गरेको चलचित्र नेपालमा र त्यसको दुई सातापछि विभिन्न भाषामा भारतका सिनेमा हलमा रिलिज हुने कुराले जितु नेपाल अहिले निकै खुसी छन्,‘म नेपाली भाषाको चलचित्रमा सिमित कलाकारको फिल्म भारतका अन्य चार भाषामा समेत भारतमा रिलिज हुुनु भनेको त मेरोलाई निकै ठुलो बोनस हो । यो कुराले म अहिले झनै खुसी छु ।’
बिगतमा हास्य भूमिका निर्वाह गर्दै आएका जितुलाई यो चलचित्रमा हास्य भूमिका निर्वाह गर्न दिईएको छैन । उनी यो फिल्ममा निकै गँभिर भूमिकामा छन् । यो चलचित्रमा आफुले निर्वाह गरेको भूमिका अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण भएको उनले बताएका छन् । आफ्नो काम’bout उनले भने,‘मँगलबार हाम्रो चलचित्र काठमाडौंमा प्रिमियर गर्दा मेरो भूमिकालाई सबैले अहिलेसम्मकै फरक भन्नु भयो । बिगतमा हँसाउने जितुले यसपटक फिल्ममा रुवायो भन्दा म निकै पुलकित भएँ ।’
जितुले अहिलेको कामलाई आफ्नो अभिनय जिवनकै ठुलो परिक्षाको रुपमा लिएका छन् । यदि यो परिक्षामा पास भएको खण्डमा आगामी दिनमा आफु मुख्य भूमिका स्थापित हुँदै अघि बढ्नेमा उनी विश्वस्त छन् । त्यसैले यसपटक निकै ठुलो जोखिम मोलेरै यो चलचित्रमा मुख्य भूमिकामा उत्रिएको उनको कथन छ ।
उता छक्का पञ्जामा उनकै साथ दीपकराज गिरी नायकको रुपमा मुख्य भूमिकामा प्रस्तुत हुँदै आएका छन् । त्यसैले आफुलाई पनि दर्शकले मुख्य भूमिका स्किार्ने यी अभिनेताको विश्वास छ । आफुसँगै यो फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको कामले पनि दर्शकको मन ििजत्ने उनको विश्वास छ ।