लोकदोहोरी प्रतिष्ठान गण्डकीमा कार्की

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजन कार्की निर्वाचित भएका छन् । यसअघि बामपन्थीको बर्चश्व रहँदै आएकोमा पहिलो पल्ट प्रजातान्त्रिक निकटले नेतृत्व पाएको हो ।

चुनावमा उनले अर्का प्रत्यासी पूर्ण परियारलाई मात्र ५ मतान्तरले हराउँदै आगामी कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् । कार्कीले कुल खसेको मतमा ८२ र पूर्णले ७७ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितिय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक, सचिव रामजी पौडेल, महिला सचिवमा ज्योती लोहनी, कोषाध्यक्ष कृष्ण सुवेदी, सहसचिव दीपक पौडेल र सहकोषाध्यक्ष होम गुरुङ निर्वाचित भए ।

महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार, भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णु कुमार, गोरखाबाट विकास नेपाली, पर्वतबाट सरस्वती लामिछाने, खुला सदस्यमा ज्ञानेश्वर सुवेदी, ज्ञानप्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धीरन थापा, कृष्ण गैह्रे, टेक क्षेत्री निर्वाचित भएका हुन् ।

पोखरामा २ दिनसम्म चलेको अधिवेशनमा प्रतिष्ठानले विभिन्न विधामा योगदान पु¥याएका व्यक्तित्व तथा अग्रज कलाकारलाई सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी