काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिक पक्राउ परेका छन्।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२ बजे काठमाडौँ यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन्। उनी पहिलो पटक नेपाल आएको पाण्डेको भनाइ छ। उनले शरीरमा पेटी बनाएर एक किलोका आठ वटा बिस्कुट आकारको सुन र १ किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए।
उनलाई पक्राउ गरी अहिले गौशाला प्रहरी वित्तमा राखिएको छ। उनी’bout थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)