जग्गा हत्याउन खोज्ने ५४ जना दोषी ठहर

काठमाडौं । काठमाडौंको साबिक गोठाटार, मूलपानी, तत्कालीन विष्णु गाविसलगायत ठाउँमा जग्गाको गैरकानुनी स्रेस्ता कायम गरेर बिक्री गरेको अभियोग लागेका ५४ जना दोषी ठहर भएका छन् ।

गैरकानुनी स्रेस्ता तयार बनाई नक्कली लालपुर्जा बनाएर जग्गा किनबेच गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका तत्कालीन कर्मचार ी सहित ५४ जनालाई विशेष अदालतले बिहीबार दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । आरोपित ५४ जनालाई नै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिमाना फैसला भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

मालपोत अधिकृत चेतनाथ ढकाल, तिर्खाराम अर्याल, कम्युटर अधिकृत प्रमोद भट्टराई, नासु भोजराज पोखरेल, रामबाबुप्रसाद अर्याल, सुन्दर कुमार कार्की, उमेश पोखरेल, शिवराम पुडासैनी, कम्युटर अपरेटर लक्ष्मणप्रसाद खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।

मालपोत अधिकृत चेतनाथ ढकाल, तिर्खाराम अर्याल र कम्प्युटर अधिकृत प्रमोद भट्टराईलगायतको संलग्नतामा मालपोत कार्यालयमा रहेको दर्ता बाँकी स्रेस्ता केरमेट गरेर, प्रमाणित गरेर कार्यालयबाट वैधानिक रूपमा निर्णय नभएको जग्गा ‘ठीक छ’ भनेर रुजु गरेर स्वीकृत गरेको अभियोग अख्तियारले लगाएको थियो ।

विशेष अदालतले सो मुद्दामा सुनुवाइ गर्दै दर्ता नै नभएको र नभएको जग्गाको नक्कली लालपुर्जा बनाएको अभियोगमा उनीहरूलाई दोषी ठहर गरेको छ ।

अख्तियारले राजेन्द्र बस्नेत, होमबहादुर विष्ट, राजु थापा, काजीलाल श्रेष्ठ, हरिभक्त श्रेष्ठ, टीकानारायण श्रेष्ठ, मोहनमाया श्रेष्ठ, हरिनारायण श्रेष्ठ, हरिलाल श्रेष्ठ, चेतबहादुर मिजार, श्रीकृष्ण नगरकोटी, पुरुषोत्तम श्रेष्ठ, घनश्याम कार्की, रामहरि ढकाल, रामबाबु ढकाल, रामेश्वर ढकाल, धर्म महर्जन, श्यामबहादुर मिजार, काजीलाल श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसैगरी, भरत कारंजित, प्रेमबहादुर कार्की, मदनबहादुर थापा, श्याम सुन्दर दाहाल, विश्वनाथ लामिछाने, कृष्णप्रसाद लामिछाने, रामप्रसाद लामिछाने, उमादेवी गुरुवाचार्य, उज्वल थापा श्रेष्ठ, लीलाकुमारी रेग्मी धिमाल, दुर्गालाल श्रेष्ठ, धुर्वराम श्रेष्ठलगायत ५५ जनालाई विपक्षी बनाउँदै १४ भदौ २०७४ मा मुद्दा दायर गरिएको थियो । मुद्दा चलाइएकामध्ये दिप्ती घिमिरेबाहेक ५४ जनालाई अदालतले दोषी ठहर गरेको छ ।

तत्कालीन मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले दर्ता बाँकी जग्गाको स्रेस्तामा नाम उल्लेख भएको व्यक्तिको खोजी गरेर आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई जग्गा दर्ता गरिदिने प्रलोभनमा जग्गाधनीहरू हरिनारायण श्रेष्ठ, हरिलाल श्रेष्ठ होमबहादुर विष्ट, धर्म महर्जन, श्यामसुन्दर दाहाल, विश्वनाथ लामिछाने र ध्रुवराम श्रेष्ठसँग १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानुनी स्रेस्ता तयार पार्ने काममा सहयोगी भूमिका खेलेको अभियोग थियो ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)