यस्ताे छ तरकारीकाे मुल्य, गाजर प्रतिकिलाे २० रूपैयाँ

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो ।  नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ र रातो आलु २६ रुपैया रहेकाे छ । त्यस्तै सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ रहेकाे छ । सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।  त्यस्तै, शुक्रबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि