भ्यालेन्सीयामाथि रियलको सहज जित

मड्रिड । साविक विजेता रियल मड्रिडले स्पेनिस लिग ला लिगामा भ्यालेन्सीयालाई २-० गोलले हराएको छ। यो जितसँगै रियलले शीर्ष स्थानको बार्सीलोनासँगको अंक दूरी ५ अंकमा छोट्याएको छ। सान्तियागो बर्नावेउमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका हुन्।

पहिलो हाफमा लुका मोड्रिचको क्रसमा एन्टोनियो रूडिगरले गोल गरेका थिए। तर त्यसलाई भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता नदिँदा गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५२ औं मिनेटमा मार्को असेन्सीयोले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए।

रियलबाट आफ्नो २ सयौँ खेल पूरा गरेका भिनिसियस जुनिएरले त्यसको दुई मिनेटपछि गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ७२ औं मिनेटमा पाहुना टोली भ्यालेन्सीया १० खेलाडीमा समेटियो। गाब्रियल पाउलिस्टाले भिनिसियसमाथि फउल गरेपछि सोझै रातो कार्ड पाएर मैदान बाहिरिएका थिए।

यो जितपछि रियलले लिगमा १९ खेलबाट ४५ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५० अंक छ। भ्यालेन्सीया २० अंकसहित तालिकाको १४ औं स्थानमा छ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)