Tuesday, April 7, 2020
Home राजनीति सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल

सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल

काठमाडौं । नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ ।

विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न आवश्यक तयारी गरिरहेको छ । यो परिस्थितिमा सम्बन्धित निकाय, आम नागरिक र सरकारले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत भई सङ्क्रमण हुनबाट आफू जोगिई अरूलाई पनि जोगाउन तरुण दलले सबैमा अपिल गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत विभिन्न कामका लागि मुलुकबाहिर गएका सम्पूर्ण नेपाली नागरिकलाई जो जहाँ हुनुहुन्छ, केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनु हुनसमेत अनुरोध गरेका छन् । साथै उनले सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । हाल ठूला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल सञ्चालक निकायसँग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेशनका लागि तयारी अवस्थामा राख्न सकिने तरुण दलको सुझाव छ ।

अध्यक्ष बस्नेतले धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटल, तालीम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगका लागि सम्बन्धित निकायसँग सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन माग गरेका छन् । बजारमा मास्क, औषधि, स्यानिटाइजर, खाद्यान्न, ग्यासलगायत अन्य दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी देखिन थालेको उल्लेख गर्दै तरुण दलले कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न तथा जनताका न्यूनतम् सेवासुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गर्न माग गरेको छ ।

तरुण दलले स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि प्रोत्साहनस्वरुप थप सेवासुविधामा प्रबन्ध गर्न र दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने वर्गको दैनिक जीवन निर्वाहका लागि आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)