मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । माग पूरा नभएपछि माओवादीले कुनै मन्त्रालय पाएन ।
६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आज सपथ लिएका छन् । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीको रुपमा महेशप्रसाद यादव, सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानीमन्त्री सिंहासिन साह कलवार, कानूनमन्त्री राजकुमार लेखी, महिला बालिकालिका मन्त्री मोहम्मद जयद आलमले सपथ लिएका छन् ।

यसैगरी शेख बव्दुल आलम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृहतथा सञ्चार राज्य मन्त्री र संजयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

माओवादीले कुनै मन्त्रालय नपाएपछि गठबन्धको निरन्तरतामा प्रश्न उठेको छ । राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवप्रति देखाएको उदासिनताको बदलाको रुपमा पनि मधेश प्रदेशमा लिइएको स्थानीय विश्लेषकहरु बताउँछन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले उपेन्द्र यादवले प्रदेशमा बदला लिएको पनि हुन सक्ने बताए । माओवादी पार्टी भित्र मन्त्री को बन्ने भन्ने विवादले पनि सहभागी नभएको उनको भनाई छ ।

यस अघि भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा सरोजकुमार यादव, अर्थमन्त्रीमा संजयकुमार यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा बसन्त कुशवाहाले पहिलो चरणमा कार्यभार सम्हाली सकेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन् । नयाँमन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथग्रहण गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
मतदान गर्न जाँदा के गर्न पाइदैन ?