
२०५६ सालमा जुम्ला विमानस्थलमा नेकोन एयर दुर्घटना भएको थियो । जुम्ला तातोपानी–५ लाम्राका टक्क नेपाली त्यही“ समय खलंगामा नुन लिन पुगेका थिए । दुर्घटनाग्रस्त जहाज देखेपछि उनलाई आफैं जहाज बनाउने रहर जाग्यो । नेकोन एयरको ध्वस्त जहाजको पाता संकलन गरेर काठेजहाज निर्माण गरियो । जुन जहाजलाई क्यासेट चक्काको रिलबाट पंखा घुम्ने बनाइएको थियो ।
जसले यूट्युव हेरेरै जुम्ली आकाशमा प्यारासुट उडाए
१४ वर्षको उमेरमा काठेजहाज बनाउ“दा जुम्ली समाजमा उनको चर्चा चुलियो । जिल्ला शिक्षा कार्यालयद्वारा आयोजित विज्ञान प्रदर्शनीमा समेत टक्कको कलाले सबैलाई दंग पा¥यो । केही समयपछि काठे हेलिकोप्टर निर्माण भयो, जसलाई घरको छतबाट खसाल्दा विस्तारै जमिनमा बस्थ्यो । उमेर बढ्दै जाँदा टक्कको इच्छाले पनि आकार लिन थाल्यो । युट्युब टक्कबहादुरको पाठशाला बन्यो । दैनिक ८–९ घण्टा इन्टरनेटमै झुम्मिन थाले । नेट ‘स्लो’ चल्न थालेपछि चित्र त हेर्नसके तर भेउ पाउन सकेनन् ।

युट्युब हेर्नकै लागि नेपालगन्जसम्म पुगेको टक्कबहादुर सम्झन्छन् । नेपालगन्जमा इन्टरनेट पहुँच राम्रो भएकोले प्याराग्लाइड’bout सबै जानकारी हासिल गर्न सफल भए । ‘त्यसपछि प्याराग्लाइडिङ निर्माण गरेर जुम्ली आकाशमा उडाउने अठोट बोकें,’ उनी भन्छन्, ‘सामान खरिद प्रक्रिया अघि बढाए“ ।’ पहिलो चरणमा ‘प्याराग्लाइड कसरी बनाउने ? सामान कहाँ पाइन्छ ? र खरिद प्रक्रिया’’bout घोत्लिएर हेर्न थालेका टक्कबहादुर अर्काले बनाएका प्याराग्लाइड हेरेर देखासिकी गर्न थाले ।
‘युट्युबले जुम्लीको गरीब छोरोलाई प्याराग्लाइड उडाउनेसम्मको भरोसा दियो,’ उनले सुनाए, ‘युट्युबभित्र संसार अटेकाले निर्माण गर्न चाहेको सबै वस्तुको इतिहास सहजै हेर्न सकिनेमा जोड दिए“ ।’ युट्युब हेर्दा कुनै विश्वविद्यालयमा प्रत्यक्ष रूपमा सिकिरहेको, सहजकर्ता आएर कम्पनीमै सहजीकरण गरिरहेजस्तो हुन थाल्यो । ‘ युट्युब हेर्दा कसैले सा“चिक्कै प्रत्यक्ष रूपमा पाइरहेको छ, म सिकिरहेको छुजस्तै लाग्न थाल्यो,’ टक्कबहादुर विगत सम्झन्छन् ।

जुम्लामा व्यवसायिक रूपमा प्याराग्लाइडिङ योजनाले भने मूर्तरूप लिन सकेको छैन । व्यवसायिक प्याराग्लाइडिङ गर्न पाइलट अभाव छ । जुम्लामा पर्यटकीय सम्भावना भए पनि आर्थिक विपन्नताका कारण प्याराग्लाइडिङ गर्न सकिएको छैन । पाइलट उत्पादनमा सहयोग खाँचो रहेको उनी सुनाउ“छन् । ‘विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान दिएको’ भन्दै टक्कलाई २०७७ मा ‘राष्ट्रिय युवा प्रतिभा’बाट सम्मानित गरियो ।
‘त्यो समय सम्झन लायक छ, जतिबेला सामान्य परिवारमा हुर्किंदै अनेक दुःखकष्ट सामना गरेको एउटा दुर्गममा जन्मेको ठिटो संघीय राजधानी पुगेर राष्ट्रिय युवा प्रतिभा सम्मानबाट विभूषित भयो,’ उनी उत्साहित देखिए, ‘त्यो क्षण मलाई सपनाजस्तो लागिरहेको थियो ।’
टक्क तातोपानीकै मात्र नभई राज्यको सम्पत्ति भएकाले उनको प्रतिभा ‘मर्न नदिइने’ तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं बताउ“छन् । ‘टक्क नेपालीसँग अद्भुद क्षमता छ, बाल्यकालदेखि हालसम्म विभिन्न सिर्जनाले चकित पारेका छन्,’ उनी भन्छन्, ‘आगामी दिन गाउँपालिकाले यसप्रकारका प्रतिभा संरक्षण गर्नेछ ।’

