डष्टी कार्गो व्यवसायी सीमामा सास्ती खेप्दै

वीरगन्ज । डष्टी कार्गो आयातकर्ता नेपाली व्यवसायीहरु सडक संजालको स्तरवृद्धि नहुँदा सीमा क्षेत्रमा समस्या भोगिरहेका छन् । सिमेन्टको कच्चापदार्थ तथा कोइला र रासायनिक मलखाद लगायतको डष्टी कार्गो आयातकर्ता व्यवसयाीले सीमा क्षेत्रमा समस्या भोगिरहेका हुन् । यसको प्रत्यक्ष आर्थिक भार भने केही समयपछि नेपाली उपभोक्ताको टाउकोसम्म पुग्ने भएको हो ।

गएको गएको पुस २४ गते अर्थात जनवरी ८ तारिख यता डष्टी कार्गो साविकको वीरगन्ज भन्सार कार्यालय तर्फको बाटोबाट सीधा ल्याउन भारततर्फबाट रोकिएको छ । भारतको रक्सौल पश्चिम तर्फ रहेको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी ( आइसिपी ) तर्फबाट ल्याउँनु पर्ने नियम बनेपछि नेपाली आयातकर्तालाई त्यहाँको सडक संजालस्तरीय नहुँदा विलम्ब र पार्किङ्ग शुल्क तथा डिटेन्सन चार्जले समस्या थपेको छ ।

महँगी अझ बढ्ने संकेत

वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दूतावासका प्रतिनीधि सहित दुवै देशको संयुक्त संयन्त्रले सो सडकसंजालको केही समय पहिले अनुगमन गरी त्यसको स्तरवृद्धि पछि पठाउन मिल्ने निष्कर्ष निकालेको थियो । टोलीमा सहभागी संयन्त्रका अधिकारीहरु सोही बमोजिम माथिल्लो निकायमा सन्देश प्रवाह गर्ने भनिए पनि वीरगन्जमा रहेको महाबाणिज्य दूतावासले सो सडक संजाल ठिक छ भनी माथिल्लो निकायमा संदेश दिंदा जीर्ण र साँघुरो सडक संजालको कारण समस्या बढेको वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपालले बताए । भारततर्फ सडकसंजालको स्तरवृद्धि भएकै छैन । संयुक्त अनुगमनका क्रममा सडकको स्तरवृद्धि पछिमात्र डष्टी कार्गो उताबाट पठाउने कुरा भएको थियो उनले भने । यसमा भारतीय महाबाणिज्य दूतावासका सिजीको नियत नेपाली व्यवसायीलाई दुःख दिने देखियो उनले तर्क गरे ।

दुवै तर्फको संयुक्त संयन्त्रको स्थलगत अनुगमकनले माथिल्लो निकायमा सडक सञ्जालको स्तरवृद्धि गर्न सन्देश प्रवाह गर्ने कुरा विपरित सोही सडकसञ्जालबाट डष्टी कार्गो पनि आयात गर्नुपर्दा समस्या बढेर गयो आयातकर्ता समेत रहेका उपाध्यक्ष राजपालले बताए । उतातर्फ साढे ७ सय मिटर बाटो साँघुरो र जीर्ण छ । सीमा क्षेत्रमा हुने ट्रेड र व्यापारको समस्या हल गर्न सम्बन्धित क्षेत्रमा महाबाणिज्य दूतावासहरु स्थापना हुने भए पनि वीरगन्जमा रहेको महाबाणिज्य दूताबासको पछिल्लो कदमले नेपाली व्यवसायी प्रताडित बनेको उनको भनाइ छ । ‘नयाँ प्रविधिसँगै विकसित भएको विश्व बजारमा ट्रेड र व्यापारको सहजताका लागि महाबाणिज्य दूताबासहरु खुल्ने कुरा घाम झैं छर्लङ्ग छ ।’ ‘तथापि वीरगन्जमा भने पछिल्लो कदमले सो संकेत गरेन’ उपाध्यक्ष राजपालले भने ।

ढिलासुस्तीले एक गाडीमा ३ हजार अतिरिक्त भार
भारतको रक्सौलस्थित रेल–वे स्टेशन नजिक भएर आउँदा एउटा गाडीले दैनिक एक ट्रिप मात्र कार्गो ढुवानी गर्न सक्ने आइसिपीको जाममा फसेका गाडीका चालकहरुले बताए । वीरगन्ज भन्सारको पुरानो बाटोबाट भने दैनिक पाँच छ ट्रिपसम्म दैनिक ढुवानी हुन्थ्यो उनीहरुले भने । आइसिपीको बाटो हुँदै ढुवानी गर्दा रक्सौल पश्चिमको साढे सात सय मिटर साँघुरो सडकखण्डको चाप र बजार क्षेत्रको जाममा नेशनल पर्मिटका अन्य गाडीसँगै फस्नु पर्ने बाध्यता रहेको चालक रमेश भट्टराईले बताए । लाइन बाहिर गाडी निकाले २ हजार ५ सयसम्म जरिवानी तिर्न पर्ने हुँदा लोकल ढुवानीकर्ता अर्को समस्यामा परेको अर्का चालक नन्दन राउतले गुनासो गरे ।

गाडीको काँटा गर्नका लागि पनि सयौं गाडीको लाइनमा पालो कुरेर बस्नु पर्ने अर्को समस्या छ अर्का चालक शेख जियाउलले बताए । ढिलो भएकै कारण गाडी पार्किङ्ग गर्नुपर्दा इण्डियातर्फ एक दिनको ७ सय ६८ रुपैया पार्किङ्ग चार्ज र नेपाल तर्फ ५ सय ५० तिर्नै पर्छ अर्का चालक लालबहादुर साहले रसिद देखाउँदै बताए । गाडीहरुको लाइन खुल्ला र हिड्न पाइएला भनी कुर्दा कुर्दै अब त खान, बस्नको पनि ठेगान नहुने भयो भारतको आइसिपीको जाममा फसेका अर्का चालक राउतले दुखेसो गरे । ढिलो भएपछि डिटेन्सन चार्ज अलग्गै तिर्नुपर्छ । यसरी दैनिक एक गाडी माल ढुवानी गर्दा ७ सय भत्ता पाउने चालकले अब आफू खाने कि परिवार पाल्ने ? घरभाडा तिर्ने कि के गर्ने ? उनीहरुले पीडा सुनाए ।

लोकल ढुवानीका लागि आइसिपी भित्रको वैकल्पिक सडक र भन्सार विन्दुमा पनि वारी–पारी दुई ठाउँमा मात्र इन्ट्री गर्ने व्यवस्था मिलाउन सके धेरै समस्या कम हुने उनीहरुको सुझाव छ । भारततर्फको सडकमा त गाडी क्रस गर्ने ठाउँ पनि छैन चालकहरुले बताए । नियमले नै हिड्दा पनि पार्किङ्ग शुल्क र डिटेन्सन चार्जले गाह्रो भयो उनीहरुले तर्क गरे ।

चाडै सडकको स्तरउन्नति हुन्छः महाबाणिज्य दूत
महाबाणिज्य दूतावास वीरगन्जका महाबाणिज्य दूत ( सिजी ) नितेश कुमारसँग यो बिषयमा कुरा गर्दा बिहार सरकारले सकेसम्म चाँडै सडकको स्तरउन्नति गर्ने दावी गरे । तर एकबर्ष वा कति समय लाग्छ भन्ने भन्न चाहेनन् । केवल चाडो मात्र हुन्छ भने । फूलफेजमा चलाउन बनाइएको आइसिपीभन्दा बाहिरबाट अब डष्टी कार्गो पनि जाँदैन उनले बताए ।

८÷१० व्यापारीलाई समस्या भयो भन्दैमा अन्यत्र विकल्प खोजिन्न । समस्या भए ‘ओली वा प्रचण्ड’लाई भने भैगयो नि’ कन्सुलर जनरल नितेश कुमारले ठाडै बताए । कुनै ‘कन्जुमर’ले त आफूसँग आएर यस्तो समस्या भनेको छैन उनले तर्क गरे । केही समस्या भए दुवैतर्फको ज्वाइन्ट मिटिङ्ग बसी समाधान खोज्दै अगाडी बढ्ने हो उनले प्रष्ट पारे ।

दश नम्बर ‘लेन’ पनि अझै चालु भएन
डष्टी कार्गो ल्याउँदा आइसिपीको दुवै तर्फको १० नम्बर लेनबाट ल्याउने लाने भनिए पनि आइसीपीको सो बाटो ( लेन ) पनि अझै संचालनमा नआएको आइसिपीको व्यवस्थापन हेर्ने दुवै देशका अधिकारीहरुले स्वीकारे । हामी १० नम्बर लेनबाट पठाउन तयार नि छौं । हामीमा केही कमजोरी छैन भारत तर्फ आइसिपीको व्यवस्थापन हेर्ने लेण्ड पोर्ट अथोरिटी ( एलपीएआइ) का इन्चार्ज प्रविण सिंहले राजधानी सँग बताए । कष्टमले रोकेको कारण अहिले अन्य सवारी जाने बाटोबाट नै डष्टी कार्गो पनि पठाइएको छ उनले भने ।

स्थलमार्ग भएर भारत र तेस्रो मुलुकबाट आयात भएका सबै सामान एउटै गेटबाट आउँदा नेपाल तर्फ पनि आइसिपीमा व्यवस्थापन गर्न समस्या भएको नेपाली पक्षको पनि भनाइ छ । एक ¥याक डष्टी कार्गो रक्सौलमा अनलोड गरेर लोकल सवारीबाट नेपाल ल्याउँदा २०÷२२ लाख अतिरिक्त भार पर्न थालेको गुनासो आफूले पनि सुनेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालले राजधानीसँग बताए ।

भन्सारको तर्फबाट डष्टी कार्गोको लागि अलग रुट भएर आइसिपीमा भित्र्याउने कुराका लागि पहल भइरहेको उनको भनाइ छ । यसो गर्दा समय र अतिरिक्त डेटेन्सन चार्ज पनि जोगिन्थ्यो भन्ने हो उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा