मलेसिया–नेपाल सम्बन्ध नयाँ परिवेशमा लैजान आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसिया–नेपाल सम्बन्ध नयाँ परिवेशमा लैजान आवश्यक भएको बताएका छन् । नेपाल भ्रमणमा आइपुगेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच शुक्रबार सिंहदरबारमा भएको शिष्टाचार भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सो भेटमा प्रधानमन्त्री दाहालले मलेसिया र नेपालबीचका द्विपक्षीय सम्बन्धलाई अझ नयाँ परिवेशमा लैजान आवश्यक रहेको बताए ।

मलेसियाले आप्रवासी कामदारको मासिक न्यूनतम तलब १५ सय रिंगेट पु¥याएको प्रति आभार व्यक्त गर्दै भेटमा सहभागी मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ’मलेसियाले कामदारको कल्याणकारी र सुरक्षाको क्षेत्रमा समयानुकूल नीति परिवर्तन गर्दै जानेमा विश्वस्त छु ।’

प्रधानमन्त्री दाहालले सीपयुक्त कामदार विकासका लागि दुई देशबीच सहकार्यको आवश्यक भएको बताए । उनले मलेसियालाई नेपालको जलविद्युत् र पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सो भेटमा मलेसियाका गृहमन्त्री नासुसन इजमाइलले नेपाली कामदारले मलेसियाको विकासमा योगदान पु¥याएको बताउँदै नेपाली कामदार मलेसियाको प्राथमिकतामा रहेको बताए । नेपाली कामदारको योगदानप्रति आफ्नो देशले उच्च प्रशंसा गरेको जानकारी गराउँदै इजमाइलले भने, ‘हाम्रो श्रमसँग अन्य क्षेत्रमा पनि नेपालसँग हातेमालो गर्न चाहन्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी