पूर्वसेनापति कटुवाल आइसियुमा

काठमाडौं । नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन् । दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । उनका अनुसार मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराई रहेका कटुवालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत म‌गलबारदेखि आईसीयूमा राखेर उपचार भईरहेको हो ।

साथै, कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले जानकारीसमेत दिएका छन्। ०६६ साल वैशाख २० उनलाई प्रधान सेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भए पछि सोही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए। 

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
भरतपुरमा रेनुले लिइन् ६६६६ मतान्तरको अग्रता