७ वर्षीया छोरीको घाँटी रेटी हत्यापछि बाबुद्वारा आत्महत्या

काठमाडौं । आर्थिक अभावका कारण राजधानीको पुरानो बानेश्वरमा बुबाले आफ्नै छोरीको छुरा प्रहार गरी हत्या गरेका छन् ।
रामेछाप खाँडादेवी स्थायी घर भई पुरानो बानेश्वरमा भाडामा बस्दै आएका ४२ वर्षीय किशोर भण्डारीले ७ वर्षीया छोरीको घाँटी रेटी हत्या गरेपछि आफूले समेत आत्महत्या गरेका हुन् ।

पेसाले फार्मेसी व्यवसायी भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि भण्डारी पासो लगाएर आत्महत्या गरेको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा कमजोर आर्थिक अवस्था कारक देखिएको छ ।

‘शारिरीक रूपमा कमजोर अवस्थामा रहेकी छोरीको उपचारमा पैसा जुटाउन नसकेर छोरीको हत्या गरेपछि आफूले समेत आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ, थप अनुसन्धान हुँदै छ,’ घटना अनुसन्धानमा रहेका एक प्रहरी अधिकारीले राजधानीसँग भने ।
प्रहरीका अनुसार भण्डारीले छोरी शारीरिकरूपमा अशक्त रहेको र उपचार गर्दा पनि निको नभएको भन्दै आफन्तसँग समेत गुनासो गर्दै आएका थिए । भण्डारीले घटनाअघि शनिबार नै श्रीमती र ६ महिने छोरालाई पेप्सिकोलास्थित आफन्तको घरमा पठाएका थिए । त्यसपछि भण्डारीले कोठाभित्रै पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको प्रहरी बताउँछ ।

घटना’bout श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किएपछि मात्रै प्रहरीले सूचना पाएको थियो । ‘भण्डारीले घटनाको योजनाअनुसार पहिले श्रीमती र छोरालाई आफन्तकहाँ पठाएको देखिन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन् ।

प्रहरीका अनुसार हत्या हुँदा भण्डारीले भित्रबाटै कोठाको ढोका लगाएका थिए भने उनकी श्रीमती फर्किएपछि ढोका नखुल्दा होहल्ला भएपछि छिमेकी पुगेर ढोका खोलेका थिए । त्यसपछि विभत्स घटना देखिएपछि प्रहरीलाई बोलाइएको थियो ।
प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’ पनि फेला परेको छ । सो नोटमा छोरीको अवस्था’bout उल्लेख गरिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
प्रधानमन्त्रीको जिल्ला डडेल्धुराका पाँच पालिकामा मतगणना हुदै, चारमा काँग्रेस अगाडी