राजनीतिलाई अस्थिर बनाउनुहुँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले विश्वासको मत लिएको एक महिनापछि गृहमन्त्रीको बहिर्गमनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन गुमाउने अवस्थामा पुगिसकेको छ । स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको अवस्थामा सरकारलाई दिएको विश्वासको मत रहिरहने बताए पनि यसले सरकार कमजोर हुने देखिन्छ । सरकारका केही मन्त्रालय नै मन्त्रीविहीन अवस्थामा पुगेका छन् । यसले राजनीतिक अस्थिरता छाउने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।

अहिले गृह मन्त्रालय प्रमसँग रहेको र अरू कुनै पार्टीले नपाएको अवस्थामा यो पुनः सरकारमा जान स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन प्रमलाई सहज साँघुका रूपमा हेर्न पनि थालिएको छ । तर, पनि अबका दिनमा रास्वपासँग धेरै कुरा जोडिएर आउने वातावरण सिर्जना हुन पुगेको छ । त्यसमा पहिलो कुरो त रास्वपाका सभापति रवि लामिछानेको सांसद सदस्य र उपनिर्वाचनको कुरा एकसाथ जोडिएर आएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णयले सरकारमा सहभागी हुन रास्वपालाई गाह्रो छ । यो गाह्रो रास्वपालाई भन्दा पनि माओवादी केन्द्रका अध्यक्ष तथा प्रम प्रचण्डलाई कम गाह्रो छैन । यो कवाफको पहिलो गासमा हड्डी साबित हुन गएको छ ।

आमजनतामा पनि सरकारमा रहँदा समर्थन र बहिर्गनलगत्तै विरोध वा समर्थन फिर्ता गर्न पनि रास्वपाका लागि सहज छैन र देखिँदैन । प्रतिपक्षमा रहेर पनि सरकारलाई समर्थन गरिरहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको व्यवहारले गर्दा पनि रास्वपाका लागि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कुरा निकै पेचिलो हुन गयो । परिस्थिति आजको आजै निर्णय लिन सकिने अवस्थामा छैन । त्यसैले पनि यसले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको देखिन्छ । तर, रास्वपाका सभापति रवि लामिछानेबाहेका त्यहीँ पार्टीबाट भएका मन्त्रीहरूले पनि राजीनामा दिएर बाहिरिने भएपछि प्रम ‘प्रचण्ड’को सरकार कमजोर बन्दै गएको संकेत भने अवश्य उजागर भएको हो । कारण जेसुकै होस्, प्रचण्ड नेतृत्वको सरकार गठनमा अहं भूमिका निर्वाह गरेको रास्वपा सरकारबाट बाहिरिएको कुरा चानचुने होइन । माघ १५ मा अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएका रास्वपा सभापति लामिछानेले नेपाली नागकिता लिएलगत्तै प्रम प्रचण्डलाई भेटेर आफूलाई उपप्रधान तथा गृहमन्त्रीको शपथ खुवाउन आग्रह गरेका पनि थिए ।

तर, उनलाई भन्दा ठूलो चुनौती प्रम प्रचण्डलार्ई थियो । लामिछानेको नागरिकता अवैध ठहर गरेको अदालती फैसलाको पूर्णपाठ नआउन्जेल आफूले गृहमन्त्री बनाउन सक्ने अडान प्रम प्रचण्डले राखेका थिए । त्यसपछिको राजनीतिक घुमघुमाउको विकाससँगै आइतबार रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ । यसले हालको गठबन्धन कमजोर मात्रै बनाउँदैन मुलुक थप अस्थिरतातर्फ लैजाने विभिन्न खाले खेललाई मलजलसमेत पु¥याउन सक्छ । सबैभन्दा ठूलो कुरा सरकार स्थिर हुन सकोस् र मुलुकमा विकास र सुशासन कायम गर्न सकोस् भन्ने नै हो तर विभिन्न शक्तिकेन्द्रहरू विभिन्न बहानामा नेपालाई अस्थिर बनाइरहने र आफ्नो स्वार्थपूर्ति गर्ने धुनमा देखिन्छन् । यस्ता खेललाई सबै मिलेर परास्त गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्ड यो विषयमा झनै चनाखो हुन जरुरी छ । राष्ट्रपतिको निर्वाचनमा हुन सक्ने सत्ता समीकरणको खेलको पूर्वसन्ध्यामा प्रचण्ड सरकार कमजोर बन्दै गएको सन्देश भने सर्वत्र गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने