हुम्लाको डाँडाफयामा आगलागी, दुई घर जलेर नष्ट

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफयामा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । 

आइतबार विहान ११ वजे हिल्दुम खोला विद्युत वितरण केन्द्रद्वारा वितरित लाइनको तार सटभई आगलागि हुँदा सोही ठाउँका दिपक सिंह र काले सिंहका घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने अन्य दुई घर आंसिक रुपमा क्षेती भएको स्थानीय मन्दिर सिंहले बताए ।

उनले भने घरमा आगलागि भए लगतै डाँडाफयाका स्थानीयले करीव तीन घण्टासम्मको अथक प्रयासमा आगो नियन्त्रणमा लिएको र आगो नियन्त्रणमा लगेको केही समयपछि मात्रै धारापोरी प्रहरीचौकीको टोलि पुगेर प्रहरी मुचुल्का बताएको हो ।

आइतबार भएको आगलागिबाट ८२ लाख ९५ हजार ३ सय ५० रुपैयाँ बराबर धनमालको क्षेती भएको प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले बताउनु भयो । 

क्षेती हुँनेमा दिपक सिंहको २९ लाख ४२ हजार १ सय, काले सिंहको २४ लाख ८३ हजार, छक्क सिंहको १६ लाख ८४ हजार ५ सय र शक्ति सिंहको ११ लाख ८५ हजार ७ सय ५० रुपैयाँ धनमालको क्षेती भएको हो ।

उक्त घरमा आगलागि भएपछि आइतबार नै सिमकोट गाउँपालिकाले राहत स्वरुप पाल, कम्मल, भाडा र खाद्यान्नको तयारी गरिरहेको गाउँपालिका कार्यबाहक अध्यक्ष नन्द रावतले बताउनु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल