वालिङमा जिप दुर्घटना हुँदा १ घाइते

पोखरा । स्याङ्जाको वालिङमा सोमबार जिप दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

सिर्सिकोट छापाबाट वालिङतर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जिप वालिङ ११, सिर्सिकोट छापामा दिउँसो दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय विजय गोतामे घाइते भएका हुन् ।

जिपमा चालकसहित ५ जना सवार रहेकोमा सिर्सिकोट छापाका गोतमेको टाउको र अनुहारमा चोट लागेको हो । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचारपछि थप जानकारीका लागि पोखरा रेफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल छन् ।

जिप सडकदेखि करिब ८ मिटर तल खसेर दुर्घटना भएको हो । जिपचालकलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व