लैसेटमा प्रकाशित एउटा नयाँ प्रतिवेदनअनुसार हृदय रोगपछि ब्याक्टेरियल इन्फेक्सन विश्वको सबैभन्दा ज्यानमारा रहेछ । यसमा हृदयघात पनि सम्मिलित छ । २०१९ मा मात्रै ब्याक्टेरियल संक्रमणका कारण वैश्विक स्तरमा १.३६ करोड मानिसको ज्यान गयो । यसको अर्थ प्रत्येक आठमध्ये एक मृत्युुका लागि यो संक्रमण जिम्मेवार थियो । मनन गरिने हो भने विश्वभरमा हुने कुल मृत्युुमध्ये १३.६ प्रतिशत मृत्युमा ३३ व्याक्टेरियल रोगजनक नै जिम्मेवारी छ ।
चीनबाट हुने मृत्युु दरको कुरा गर्ने हो भने त त्यो प्रतिलाखको जनसंख्यामा ९९.६ अभिलेखित गरिएको छ । यस नयाँ अनुसन्धानमा २ सय ४ देशमा यी ३३ जीवाणुु रोगजनक एवं ११ प्रकारका संक्रमणबाट हुने मृत्युुको अध्ययन गरिएको थियो । यसका लागि अनुसन्धानकर्ताले ३४.३ करोड मेडिकल रेकर्डको विश्लेषण गरेका छन् । यो अध्ययन ग्लोबल बर्डन अफ डिजिज फ्रेमवर्कअन्तर्गत गरिएको छ ।
प्रतिवेदनअनुसार सेप्सिस जस्लार्य रक्त विषाक्तता वा सिस्टेमिक इन्फलामेन्टरी रिरचान्स सिन्डोम नामले पनि जानिन्छ त्यसका कारण हुने ५६.२ प्रतिशत मृृत्युुपछाडि पनि यिनै ३३ जीवाणुु रोगजनक कारक थिए ।
एन्टिबायोटिक प्रतिरोध जिनहरूको धुलो प्रसारणले मानव एवं पशुुपक्षीको स्वास्थ्य प्रभावित गर्न सक्छ
यति मात्र होइन अनुसन्धानबाट थाहा भएको छ कि यी ३३ ब्याक्टेरियल पैथोजनबाट हुने करिब ५५ प्रतिशत मृत्युुका लागि मात्र पाँच ब्याक्टेरिया स्टैफिलोकोकस औरियस इसचेरिचियाकोलाई स्टेप्टोकोकस निमोनिया कलेवसियला निमोनिया र स्युुडोमोनास एरुगिनोसा जिम्मेवार थिए । यीनमध्ये एकलै स्टेफिलो कोकस औरियस नै २०१९ मा भएका १० लाख बढी मृत्युुको कारण थियो । विचारणीय तथ्य ६ कि स्टैफिलो कोकस औरिए एउटा यस्तो जीवाणुु हो जुन प्रायःजसो मानव छाला एव नाकमा पाइन्छ । तर, यो कैयांै खाले रोगका लागि जिम्मेवार मानिन्छ । यसरी हेर्ने हो भने एकपटक यो ब्याक्टेरिया रक्तप्रवाह वा भित्री तन्तुुहरूमा प्रवेश ग¥यो भने यसले निमोनिया हुने, हृदय बल्व एवं हाडमा गम्भीर संक्रमण गर्न सक्छ ।
त्यही ३ कोलाई प्रायजसो खाद्य विषाक्तताका कारण बन्ने गर्छ । यी ब्याक्टेरिया सामान्यतया मानिस एवं पशुुको पेटमा पाइन्छ । यस ब्याक्टेरियाका धेरै जसोस्वरूप हानीरहित हुन्छन् । तर, यिनैमध्ये केही यस्ता छन् जसले पेट बटारिने एवं झाडापखालाजस्ता लक्षण उत्पन्न गराउँछन । जसले गर्दा धेरै जसो मिर्गौला काम नलाग्ने हुन सक्छन् । यसबाट संक्रमित व्यक्तिको मृत्युुसमेत हुन सक्छ ।
यसरी मनन गर्ने हो भने अध्ययनमा एउटा तथ्य सामुन्ने आउँछ त्योे हो अमिर अनि गरिब देशबीच अन्तरा प्रस्ट हुन्छ कि उपसहारा अफ्रिकामा यी ब्याक्टेरिया प्याथोजनबाट हुने मृत्युदर सबैभन्दा बढी थियो जुुन कि प्रतिलाख जनसंख्यामा २३० मृत्युुका रूपमा अभिलिखित छ । त्यही अर्काेतिर उच्च आय भएका मुलुुकमा सबैभन्दा कम अभिलिखित छ । जहाँ यिनबाट हुने मृत्युु दर प्रतिलाखको जनसंख्यामा ५२ मात्र छ ।
अनुसन्धानअनुसार १ सय ३५ देशमा ब्याक्टेरियाबाट हुनेखाले सबैभन्दा बढी मृत्युुको कारण थियो । साथै यो विश्वभरिमा १५ वर्षभन्दा बढी आयुका व्यक्तिमा सबैभन्दा बढी मृत्युुसँग जोडिएको छ । त्यही पाँच वर्ष या कम उमेरका केटाकेटीमा यो निमोनिया सबैभन्दा बढी मृत्युुसँग सम्बन्धित रोगजनक थियो ।
अध्ययनअनुसार सन् २०१९ मा तिनै ब्याक्टिरियल संक्रमणका कारण ६० लाख बढी मानिसको ज्यान गयो । सँगसँगै जोडिएको संक्रमण एव रक्तप्रवाहमा भएको संक्रमण दुुवैमध्ये प्रत्येकले २० लाख बढी मानिसको ज्यान लिएको थियो । त्यही पेरिटोनियल तथा पेटको संक्रमण १० लाख बढी मानिसको मृत्युुको कारण थियो ।
यस्तोमा अनुसन्धानकर्ताले यसलाई समाधान गर्न नयाँ खोपका साथै विवेकशील देशहरूमा चीनको प्रसार रोक्न वर्तमान फन्डमा वृद्धि गर्न आह्वान गरेका छन । साथै, समुदायलाई एन्टिबायोटिकको बढ्दो अनुचित उपयोगलाई लिएर सचेत पनि गराएका छन् ।
अनुसन्धानकर्ताका अनुसार एन्टिबायोटिक प्रतिरोध जिनको धुलोबाट हुने प्रसारण मानिस एवं पशुुको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ । जब हावाले जमिनबाट धुलो उडाउँछ त्यतिबेला यससँग जोडिएका ब्याक्टेरिया पनि सँगै जान्छन् । यी वायुुजनित ब्याक्टेरियामा जब धुलो फेरि जमेर जान्छ तब एयरवायो बनाउँछ र पर्यावरणको विज्ञान बदल्न सक्छ । अनि मानव समुदाय र पशुुको स्वास्थ्य प्रभावित गर्न सक्छ ।
नयाँ अनुसन्धानमा २ सय ४ देशमा ३३ प्रकारका जीवाणुुबाट हुने संक्रमणमध्ये ११ प्रकारबाट धेरैको मृत्युु भइसकेको खुलेको छ
अनुसन्धानकर्ताका अनुसार उत्तरी अफ्रिका, साउदी अरबिया एवं सिरियासहित विभिन्न स्थानबाट धुलोमा ब्याक्टेरिया हजारांै किलोमिटर टाढा ओसारपसार हुने रहेछन् ।
अनुसन्धानकर्ताका अनुसार एन्टिबायोटिक प्रतिरोध जिनको धुलो प्रसारणले मानव एवं पशुुपक्षीको स्वास्थ्य प्रभावित गर्न सक्छ । तर, यो परीक्षण गर्न भने स्थान विशेष आधारित विश्लेषणको आवश्यकता छ ।
विचारण्ीय कुरा यो छ कि एन्टिबायोटिक रेसिस्टेन्स आज एक ठूूलो समस्या बनेको छ । जसलाई अब नजरअन्दाज गर्न सकिँदैन । यसले प्रतिवर्ष १२.७ लाख मानिसको ज्यान लिँदै छ । अनुमान छ कि २०१९ मा मर्ने ४०.५ लाख मानिस कुनै न कुनै एउटा औषधि प्रतिरोधी सक्रमणबाट पीडित थिए । यसलाई मध्यनजर गर्दै जनसमुदायलाई यस’bout जागरुक बनाउन प्रत्येक वर्ष १८ देखि २४ नोभेम्बरलाई विश्व रोगाणुरोधी जागरुकता सचेतना सप्ताहका रूपमा मनाइन्छ ।
आजसम्मको यस सचेतना सप्ताह सरोकारवालाको कार्यक्रम हेर्दा त कार्यालय हातामा फ्लेक्स बोर्ड टाँस्ने प्रभाव ¥याली अनि प्रवचन गर्नसम्म सीमित भएकाले होला प्रतिजैविक सहनशीलताको समस्या घटनुको साटो बढ्दो अनि बल्झिँदो छ । यसैले पनि यस समस्यालाई आउँदो समयको महामारीभित्रको महामारी पनि भन्न थालिएको छ ।