काठमाडौंमा बर्डफ्लू भेटियाे, तीनवटा फार्मका कुखुरा र अन्डा नष्ट गरियो


काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मन थालेपछि परिक्षमा पठाउँदा बर्डफ्लू पुष्टी भएको थियो । ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको थियो ।

पशु बिभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ । जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।

उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 6 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने