अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यासको घोषणा

सिडनी । अस्ट्रेलिया टोलीका विश्व विजेता ३६ वर्षको उमेरमा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिए पनि फिन्चले घरेलु लिगहरू भने खेल्ने जनाएका छन् । उनका अनुसार बिग बास लिग र अन्य घरेलु टी–२० प्रतियोगितामा खेल्ने छन् । गत सेप्टेम्बरमा मात्रै एकदिवसीय अन्तर्राष्ट्रियबाट गिन्सले संन्यास लिएका थिए ।
 
फिन्चको कप्तानीमा अस्ट्रेलियाले पहिलोपटक २०२१ को टी–२० विश्वकप जितेको थियो । गिन्सले अस्ट्रेलियाका लागि पाँच टेस्ट, १४६ एकदिवसीय र १०३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । फिन्च अस्ट्रेलियाका लागि टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर बनाउने ब्याटर हुन् ।

टी–२० मा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने ब्याटर पनि रहेका फिन्चले टी–२० करियरमा १०३ खेलमा दुई शतक र १९ अर्धशतकको मद्दतमा ३ हजार १२० रन बनाएको रेकर्ड छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
माझी महिला बनिन् वडाअध्यक्ष