नयाँ बर्षमा सुरक्षाको ‘बुलाकी’

काठमाडौं । आगामी २०८० नयाँ वर्षलाई लक्षित गरेर एकपछि अर्को चलचित्र रिलिजको घोषणा भईरहेको छ । यसै क्रममा नेपाली चलचित्र ‘बुलाकी’ पनि आगामी नयाँ बर्षको अबसरमा १ बैशाखमा रिलिज गरिने घोषणा निर्माण पक्षले गरेको छ ।

बुलाकीमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइ, ्सरस्वती खत्रीले अभिनय गरेका छन् ।

कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित फिल्म शिब ढकालले खिचेका हुन् । नारी प्रधान यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।यसका निर्माता टोपेन्द्र विष्ट रहेका छन् । फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माता बिष्टले बैशाखमा फिल्म ल्याउन लागेको बताएका छन् ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । यो चलचित्रलाई डोल्पा,जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानहरुमा खिचिएको हो । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको फिल्मको बितरण उपत्यकामा सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले गर्दैछ भने मोफसलको बितरक एफडी हो ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
समाजवादीले टुंगो लगायो उम्मेदवार