‘सर्बोच्चको फैसलाबाट एनआरएनए तरंगित हुन जरुरी छैन’

भिएना । प्रवासी नेपाली मंच अष्ट्रियाले हिजो आइतवार देशको वर्तमान राजनैतिक अवस्थाको ’boutमा प्रवासमा रहेका नेपालीको जिज्ञाशा र चासो मेटाउने अभिप्रायले ”समृद्द नेपाल प्रवासीको भूमिका” विषयमा जुम मार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। प्रमुख वक्ताको रुपमा नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो भने अन्य अतिथी बक्ताहरुमा नेकपा एमालेक सचिव तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराई, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष संजय थापा र गैर आवासीय नेपाली संघका उपमहासचिव राम शरण सिम्खडाले उक्त कार्यक्रममा सरिक थिए।

रवि लामिछानेको स्वदेश आगमन, राजनीतिमा अप्रत्याशित आगमन, नागरिकताको मुद्दा ले केहि प्रसंग उठेको तर उनको मुद्दा संविधानको धारा १३ आकर्षित भएको र गैर आवासीय नेपालीहरुलाई संविधानको धारा १४ आकर्षित भएको हुँदा विदेशमा रहेका नेपालीहरु चिन्ता लिन नपर्ने र गैर आवासीय नेपाली सम्बन्धमा संसदमा रहेको सबै पार्टीहरु बिच सर्वसहमति भएको हुदा नागरिकता ऐन अगाडी बढे संगै सम्पति सुरक्षा पनि अगाडी बढ्नेमा आफु विश्वस्त रहेको बताए।

संसारभर छरिएर रहेका नेपालीहरुले प्रख्यात विश्वविधालयहरुबाट ज्ञान सिप हासिल गरेका र ति ज्ञान सीपलाई प्रयोग गरी नेपाललाई समृद्द बनाउन सकिने र समृद्द नेपालमा नागरिक निश्चिन्त रही माध्यमिक शिक्षा लिएकाहर अवसरको प्रवेश पाउने र हरेक नागरिकले जन्म देखि मृत्यु सम्म सामाजिक सुरक्षा राज्यबाट पाउनु पर्ने र समृद्द नेपाल निर्माण गर्न गैर आवासीय नेपालीहरुको लगानी आवश्यक रहेको र आफु बसिरहेको देशको नीति लेखापरीक्षण गरेर लगानी बढाउन सके सम्भव हुने बताए । चुनौती जति धेरै भएपनि समृद्द नेपाल बनाउन सकिने ’boutमा आफु आशावादी र बिश्वस्त समेत रहेको ज्ञवालीले बताए ।

अमेरिकी नागरिकता त्यागी नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको विषयमा रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको नागरिकता रद्द गरी सांसद बन्न अयोग्य भएको फैसला पछि विदेशमा रहेका लाखौ नेपालीहरुको विविध आशंकालाइ सम्बोधन गर्दै नेकपा एमाले सचिब एवं पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले उक्त विषयमा बोल्दै लामिछानेले नेपाली नागरिकताको प्रकिया अगाडी नबढाएको र अदालतले यस मुद्दाको फैसला गरिसकेकोले विदेशमा रहेका नेपालीहरुले त्रशित हुनु नपर्ने बताए ।

कार्यक्रममा बोल्दै हालैको निर्वाचनको समिक्षा गर्दै प्रवासमा रहेर निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै मुलुकको अर्थतन्त्र सन्तुलन राख्न ध्यान दिनु पर्ने विषयहरुमा जोड दिनुको साथै आर्थिक सामाजिक रुपान्तरण मार्फत समतामुलक नेपाली समाज निर्माण गर्ने राजनैतिक एजेन्डा संविधानले अंगिकार गरेको हुदा विभेद र असन्तुलनलाई पुरा गर्न सबैले सहयोग गर्नु पर्ने बताए ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय समितिका अध्यक्ष संजय थापाले विदेशमा बस्ने नेपालीहरुले मुलुकको अर्थतन्त्र सन्तुलन गर्न प्रवासी नेपालीहरुले खेलेको भूमिका र योगदानको वर्णन गर्दै सरकारले नागरिकता र मताधिकारको व्यवस्था गर्न आग्रह गरे ।

नेपाली नागरिकताको निरन्तरता विदेश बसिरहेका लाखौ नेपालीहरु अहिलेको चासो र चिन्ताको विषयमा गैर आवासीय नेपाली संघको तर्फबाट संघका उपमहासचिव रामशरण सिम्खडाले गैर आवासीय नेपालीहरु नेपाली निरन्तरताको माग, नेपालको संविधानले व्याख्या गरेको गैरआवासीय नेपाली नागरिकता र रवि नागरिकता प्रकरण र सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता प्रक्रिया ’bout गरेको फैसला पछि यस प्रकृतिका मुद्दाहरु र विदेश मा बस्ने नेपालीहरुले पुरानो नागरिकता प्रयोग गरेको अवस्थामा सरकारले बिषेश प्रकारले सोच्दै ‘एम्नेष्टी दिने वा २ बर्षको बिषेश समय सिमा तोकी भएगरेका कामहरुलाई कानूनू दायरामा ल्याउनु पर्ने सुझाव सहित कार्यपत्र प्रस्तुत गरेका थिए।

जुम मार्फत गरिएको यो कार्यक्रममा प्रवासी नेपाली मंच अन्त रास्ट्रिय कमिटि र राष्ट्रिय कमिटिका पदाधिकारीहरु, पत्रकारहरु, गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, अन्य राजनैतिक संगठनका पदाधिकारीहरुको बाक्लो उपस्थिति भएको यस कार्यक्रमको अध्यक्षता प्रवसी नेपाली मंचका कावा अध्यक्ष सुर्य लामिछानेले गरेको यस कार्यक्रममा सहजीकरण को भूमिका मंच्की सचिव बाबा राजेश्वरी थापाले गरेकी थिइन् भने आमन्त्रित वक्ताहरु र सहभागीहरुलाई धन्यवाद मन्तव्यज प्रवासी नेपाली मंच युरोपक अध्यक्ष मुक्त गुरुंगले गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे