सवारी ज्यान मुद्दामा जनप्रतिनिधि थुनामा

पोखरा । एक जना जनप्रतिनिधि सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा परेकी छन् ।

पोखरा ३३ की वडा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो ।

गत १३ पुसमा शुक्लागण्डकी गाउँपालिका २ हलेदीमा उनले चलाएको बा ९ प ५६४९ नम्बरको स्कुटरलाई वा २ क ६२१९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । सो दुर्घटनामा स्कुटरमा सवार उनकी आमाको उपचारका क्रममा १७ पुसमा निधन भएको थियो ।

निजलाई प्रहरीले ८ माघमा पक्राउ गरेकोमा अन्ततः जिल्ला अदालतको आदेशले उनी सहित ट्रिपर चालक तिलक श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य