कैलालीमा पुनः देखियो अफ्रिकन स्वाइन फिभर

टीकापुर । कैलालीका तीन वटा स्थानीय तहमा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको छ । धनगढी उपमहानगरपालि, गौरीगंगा, र कैलारी गाउँपालिकामा गरी तीन वटा पालिकामा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको हो ।
बङ्गुर, सुँगुर र बँदेलहरूमा देखिने अफ्रिकन स्वाइन फिभर गत मंगलवार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलङ्का, गौरीगंगा र कैलारी गाउँपालिकाको एक बङ्गुर फार्ममा संक्रमण फैलिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए ।

गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो । कैलालीको भजनी नगरपालिका–३ मा सञ्चालित बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । सो फर्ममा अफ्रिकन स्वाइन फिभर देखा परेकोमा अन्यत्र फैलिएको थिएन । तर तर अहिले कैलालीको धनगढी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा यो रोग फैलिएको पुष्टि भएको उनले बताए ।

गत कात्तिकमा अफ्रिकन स्वाइन फिभर रोगका कारण भजनीको एकै फर्मका ४ सय बढी बंगुर मरेका थिए । जिल्लाको अन्य बङ्गुर फर्ममा भने संक्रमण दिएको थिएन । संक्रमण फैलिएको बंगुर फर्ममा संघीय पशु सेवा विभागको टोलीले समेत भ्रमण गरेर नियन्त्रणका लागि आवश्यक सबै उपाय खोजिएको थियो । यो पटक जिल्लाका तीन वटा स्थानीय तहका विभिन्न बङ्गुर फर्ममा सयौँको संख्यामा अफ्रिकन स्वाइन फिभरको कारण बङ्गुर मरेको जनाइएको छ ।

माघी लगत्तै बङ्गुरको मासु उपभोगर र ओसारपसार बढेकाले कैलालीमा विभिन्न ठाउँमा एकै पटक संक्रमण देखा परेको अनुमान गरिएको छ । अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने गरेको पशु विज्ञको भनाइ छ । यो रोगको औषधि र खोप पत्ता नलागेकाले किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउनु पर्ने पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल