राधाको समय चक्र

‘राधा दिदीले आफ्नो जीवनको गुप्त रहस्य खोलेर नेपाली साजका महिलालाई ब्युँझाउने काम गर्नुभएको छ । अशान्त अवस्थामा शान्त रहन सक्नु धेरै ठूलो खुबी हो । आगो खाएर शान्त बस्न सक्नु सानोतिनो कुरा होइन । जीवनको यत्रो प्रलय भोगेर पनि उहाँ शान्त तवरले मुस्कुराएरै प्राध्यापक हुनु, महिला आन्दोलनमा लाग्नुले राधा दिदीप्रति मेरो श्रद्धा प्रगाढ भएको छ ।’

पुस्तकको सम्पादन गरेकी पूर्व राष्ट्रिय सूचना आयुक्त यशोदा तिम्सिनाले प्रा राधा देवी शर्मा चालिसेको पुस्तक समय चक्रको सम्पादनका क्रममा बटुलेको अनुभव हो यो । उनले यो समय चक्र पुस्तकले लेखक चालिसेको मात्र नभएर नेपाली समाजको तथ्य कथा बोलेको महसुश भएको बताएकी छिन् । यो पुस्तक पढ्दा, सम्पादन गर्दा आफूले नेपालकी एकजना प्राध्यापकले त यस्तो अवस्था भोग्नुपरेको छ भने मुलुकका समग्र महिलाको हालत के होला भनेर पनि तुलना गरेकी छिन् । अहिलेको समाज तनावमय छ । मानिसका आवश्यकताको पारो बढ्दो छ भने साधन स्रोतहरुको सीमितता झन् घट्दो छ । यस्तो अवस्थाको औषधि के होला ? पुस्तककी सम्पादक तिम्सिना लेख्छिन्– असफलतामा डिप्रेसन कहिल्यै दिलमा जानु हुदैन र सफलतामा अहंकार कहिल्यै दिलमा जानु हुदैन । यी नै शान्त रहने दुई सुत्र हुन् । दिलीले यिनै सुत्र प्रयोग गरेर हिँड्नुभए झैँ लाग्यो ।

सम्पादक तिम्सिनाले पुस्तकको सम्पादनका क्रममा केलाएका केश्रामा यस्ता धेरै तथ्य भेटिन्छन् । उहाँमात्र नभएर पुस्तकमा टिप्पणी गर्ने अरुले पनि प्राध्यापक राधा र उनको रचनाप्रतिको प्रतिक्रिया यसैगी पस्किएका छन् ।

उनीमात्र नभएर यस पुस्तकका सबैजसो टिप्पणीकारका साथै पुस्तक आफैले पनि समाजमा नारी कसरी बाँचेका छन् भन्ने कुराको राम्रो ज्ञान दिलाउँछ । नारी मानिस भै बाँचेका छन् या नारीमात्र भएर ? यो यथार्थ पुस्तकका पाना पल्टउँदै जाँदा भेटिन्छ । यस पुस्तकले हरेक मान्छेका आआफना् कथा समेटेर पढाउने कोशिश गरेको छ ।

समयको चक्रले सबलाई सिध्याउँछ । सुरूमा पृथ्वीमा डायनोसरको राज थियो । त्यो सकियो । मानव आयो । सभ्यताको उदय र अन्त भयो । रोमको सान थियो । त्यो सकियो । परिवर्तन बुझेन समयसँगै जो बद्लिँदैन समयले उसलाई बदल्छ । समयको यो चक्रका अगाडि कति मान्छे कहाँकहाँ पुगे कति आउँदैछन् कति जाँदैछन् । सबै त्यही चक्रमा घुमिरहेका छन् जसरी समयको मापन गर्ने सूर्य घुमिरहेको छ । मान्छेको समय कति हो ? यो समयको रहस्य र रोमाञ्चकता हो । पुस्तकमा टिप्पणी गर्ने कमल ढकालले लेखेका छन् ।

कसैको सानै उमेरमा समय सकिन्छ । कोही सत्यमोहन जोशी जस्तै कालजयी हुन्छन् । मरेर पनि बाँच्ने समय हो । भुतुक्कै हुने पनि समय हो । तर पनि जीवन र समय एकआपसमा बाँधिएको हुन्छ । जीवन चलेकाले समय र समयसमेत चलेकाले जीवन चलेको हुन्छ । तर एकदिन जीवन समाप्त हुन्छ तर समय चलिरहन्छ । समयको चक्रमा सबै पिसिएका छन् । भगवान्को सुदर्शन चक्रभन्दा माथिल्लो छ समय चक्र । लाग्छ यस्तै चक्रले राधाको समयको चक्र पनि चलाएको छ ।

राधाको समय चक्र पनि पनि यस्तै एक समय चक्र हो । यहाँ पनि कुरुक्षेत्र छ पृथ्वी छ । तारा र सूर्यहरु छन् । उज्यालो र अँध्यारो छ । समयका लागि घडी बाँधिरहे पनि समय सकिन्छ । यस्तै यहाँ पनि सम्बन्धका लागि सम्बन्ध गाँस्दा त्यही सम्बन्ध सकिएको कथा छ । समयको समय परिवर्तन भएको कहानी छ । समयको मापन गर्ने सूर्यको जस्तै घुम्दै हिँडेका समयहरु छन् । यो पुस्तक सकिनासाथ पढ्ने पाठकका मनमा यस्तै चक्र चल्दछ ।

प्राध्यापक राधा शर्माको समय–चक्र पुस्तक पढ्दा यस्तै यस्तै ज्ञान हुने कुरा पुस्तकमाथिको टिप्पणी लेखक कमल ढकालले उल्लेख गरेका छन् । उनले यो पुस्तक पढ्दाको अनुभव यसरी बाँडेका छन्– पढिरहँदा आफ्नै जस्तो लाग्दछ । अनायासै आँसु खस्छ अनायासै हाँसो लाग्दछ अनायासै आएका पात्रले ज्ञान दिन्छन् । पढ्दै जाँदा जीवनमा यस्तो पनि हुँदोरहेछ कस्तो यो समय चक्र ? लेखकलाई नै किन यस्तो हुनुपरेको भन्ने लाग्दछ पुस्तक पढ्दा ।

उनीमात्र नभएर यस पुस्तकका सबैजसो टिप्पणीकारका साथै पुस्तक आफैले पनि समाजमा नारी कसरी बाँचेका छन् भन्ने कुराको राम्रो ज्ञान दिलाउँछ । नारी मानिस भै बाँचेका छन् या नारीमात्र भएर ? यो यथार्थ पुस्तकका पाना पल्टउँदै जाँदा भेटिन्छ । यस पुस्तकले हरेक मान्छेका आआफना् कथा समेटेर पढाउने कोशिश गरेको छ । पुस्तक राधा शर्माले लेखेको भए पनि यहाँ नेपालका हरेक नारीका आआफ्नै कहानी र किम्वदन्ती छन् । ती पानाहरुले सबै नारीलाई आफ्नै जीवन पढाउँछन् । अनि यो पुस्तकले अर्काे एक अपत्यारिलो तीतो सत्य पनि उद्घाटित गर्दछ कि प्राध्यापक जस्ता मानिस त यहाँ यस्तो अवस्थामा छन् भने दुरदराजका तथा शहरमै जन्मे हुर्के पनि चेतनाको बत्ती बल्न बाँकी रहेका महिलाको अवस्था कस्तो होला भनेर सोच्न बाध्य तुल्याउँछ ।

नेपालको शिक्षा क्षेत्रका सुपरिचित नाम केदारभक्त माथेमाले प्रा शर्मालाई विद्यार्थीकालदेखि नै एक क्रियाशील र जागरूक विद्यार्थी र विश्वविद्यालयमा अधिकारका लागि लड्ने शिक्षकका रूपमा चित्रण गरेका छन् । त्यस्तै प्राध्यापक विद्यानाथ कोइरालाले ङ्घर्ष र पीडामा फक्रिएकी राधाको संज्ञा दिएका छन् । उहाँले सहरिया जीवन सहज हुन्छ भन्ने आफ्नो सोंच भएपनि राधा शर्माको जीवन गाथाले त्यो सोच उल्टाइदिएको कोइरालाको प्रतिक्रिया छ ।

उनी लेख्छन्– किताबले भन्छ ‘गरिबीले राधालाई विद्रोह बनायो । सङ्घर्षशील विद्यार्थी जीवनले उनलाई निडर बनायो । राजनीतिक लगनले उनलाई परिचित बनायो । जागिरे जीवनले उनलाई पितृसतात्मक समाजको विश्लेषक बनायो । पारिवारिक अब्बड खब्बडले उनलाई लोग्ने, लोग्नेमान्छे, समाज, कानुन, नातेदार, छरछिमेक आदिको स्वार्थपरक सोँच चिनायो । त्यो सोचमा बाँच्न अनेकन सम्झौता गर्ने व्यक्तित्व बनायो । सम्झौतामा राधाको संवेग हारेन । शरीर हा¥यो । त्यही हारेको शरीर र बलेको संवेगको मेलजोल हो यो आत्मपरक किताब ।’

उता सञ्चारकर्मी एवं महिला अधिकारकर्मी बन्दना राणाले भने राधा शर्मालाई सङ्घर्षले खारिएकी राधा दिदीका रुपमा देख्छिन् । उनको टिप्पणी छ– राधा शर्मा कर्तव्यपथकी एक अविचलित योद्धा र पितृसत्ता विरूद्धको अविछिन्न सङ्घर्षको परीक्षामा खारिएकी एक जुझारु महिला अधिकारकर्मी र प्रेरणादायी व्यक्तित्व ।
पुस्तकमा दुई खण्ड छन् । पहिलो खण्डमा क्रान्ति, आमाको दुःख, सरेको दुःख, तीर्थ, शिवपुरी बाबा, मुडुलो टाउकोजस्ता शीर्षकका निवन्धात्मक प्रस्तुति निकै रोचक छन् । विहे अर्काको घर, बिहेपछि, बुटवलबाट फर्केपछि, आमा भएँ म, घरमै विषालु सर्प पालिएपछि, स्त्रीहरु लहरा हुन् जस्तो अनेक शीर्षकमा राम्रा प्रस्तुती छन् । ती सबै प्रस्तुतीले एक एक गरेर समयको चक्र नापेका छन् । ती प्रस्तुतीहरुले केवल राधाको जीवनको समयको चक्र नभएर नेपाली समाजको वास्तविकताको मापन गरेका छन् । यसरी समय चक्र पुस्तक नेपाली समाज हेर्ने एउटा ऐना हो भने यसभित्र समेटिएका कथाहरु यो समाजले भोगेका तथ्यघटनाहरु हुन् । नेपाली समाज, समाजभित्र महिलाको अवस्था र स्थान थाहा पाउन घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको प्राध्यापक राधा देवी शर्माको २२४ पृष्ठ लामो समय चक्र नामको स्मरण पढ्दैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्वदेश फर्किए कतारका अमिर थानी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता जो आफूले आफैंलाई मतदान गर्न पाउँदैनन्